Comments Add Comment

८३ वर्षको उमेरमा सगरमाथा चढ्दै मीनबहादुर शेरचन

Min-bahadur-serchan

५ वैशाख, काठमाडौं । ८३ वर्ष ९ महिनाका मिनबहादुर शेरचन सगरमाथा चढ्ने तयारी गरेका छन् । उनले अनुमति लिइसकेका छन् ।

लोकतन्त्र दिवसका दिन शिखरमा पुग्ने लक्ष्यका साथ सगरमाथा आरोहण थाल्ने तयारी शेरचनले गरेका छन् । ‘हामीलाई चाहिने सरकारी परमिट लिई सकेका छौं’ हिमालयन गाईड्सका प्रबन्ध निर्देशक ईश्वरी पौडेलले बताए ।

सन २००८ मा ७६ बर्षको उमेरमा शेरचनले पोका आरोहीको कीर्तिमान बनाएका थिए । उनले जापानका ७५ बर्षका युचिरो मिउराले कीर्तिमान भङ्ग गरेका थिए । तर, २०१३ मा युचिरोले ८० बर्षको उमेरमा सगरमाथा आरोहण गर्दै शेरचनको वल्र्ड रेकडको उपाधी खोसे ।

गएको बर्ष शेरचन सगरमाथा आरोहणका लागि सगरमाथाको क्याम्प वानसम्म पुगेका थिए । तर, प्रतिकुल मौसमका कारण फर्किए ।

प्रबन्ध निर्देशक पौडेलका अनुसार शेरचन सगरमाथा चढ्नका लागि शारीरीक रुपले तन्दरुस्त छन् । शेरचनले पनि आफू पूर्ण स्वस्थ रहेको भन्दै यो पटक सगरमाथा आरोहण गरेर मात्र र्फकने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment