Comments Add Comment

सनराइजर्समाथि दिल्लीको रोमान्चक जित

Sunrisers-Hyderabad-v-Delhi-Daredevils

५ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा दिल्ली डेयरडेभिल्सले सनराइजर्स हैदराबादमाथि ४ रनको रोमान्चक जित हात पारेको छ ।

दिल्लीले प्रस्तुत गरेको १६८ रनको लक्ष्य पछ्याएको सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाएर १६३ रन मात्र बनाउन सक्यो ।

सनराइजर्सलाई जितका लागि अन्तिम ओभरमा १० रन चाहिएको थियो । कल्टरनाइलले पहिलो बलमा एक रन दिए भने दोस्रो बलमा आशिष रेड्डी रन आउछ भए ।

तेस्रो र चौथो बलमा १-१ रन जोडेपछि सनराइजर्सलाई अन्तिम दुई बलमा ७ रन चाहियो । पाँचौं बलमा कर्ण शर्माले हानेको बल मयांक अग्रवालले बाउण्ड्री लाइनमा उफ्रिएर छक्का रोकेपछि सनराइजर्सको हार लगभग पक्का भयो ।

अन्तिम बलमा ५ बल चाहियो तर, शर्मा क्याच आउट भए । सनराइजर्सका रभी बोपाराले ४१ रन बनाए । डेभिड वार्नर २८ रनमा आउट भए ।

दिल्लीका जेपी डुमिनीले ४ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १६७ रन बनाएको थियो । १५ रन जोड्दा पहिलो विकेटका रुपमा मयांक अग्रवाललाई गुमाएको दिल्लीको पारी श्रेयस इयर र जेपी डुमिनीले सम्हाले ।

श्रेयस इयरले ४० बलमा ६० रन बनाए भने डुमिनीले ४१ ब्लमा ५४ रन जोडे । केदार जादव १९ र एन्जेलो म्याथु १५ रन रनमा अविजित रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment