Comments Add Comment

हराएका मलेसियाली पर्यटक फेला पार्नेलाई पाँच लाख पुरस्कार दिने घोषणा

५ वैशाख, म्याग्दी । म्याग्दीको शिख गाविसमा पर्ने खोप्रालेक क्षेत्रबाट हराएका एक मलेसियाली पर्यटकका आफन्तले फेला पार्ने व्यक्तिलाई पाँच लाख पुरस्कार दिने घोषणा गरेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत पर्ने शिखको वयलीखर्कदेखि खोप्रालेक जाने क्रममा गत चैत २२ गतेदेखि मलेसियाका ४७ वर्षीय डेनिस लियन थिएन पो हराएका थिए ।

प्रहरी, पर्यटन व्यवसायी र उनका आफन्तले हेलिकोप्टर र तालिमप्राप्त कुकुरको समेत प्रयोगमार्फत निरन्तर खोजी गरिरहेपनि ती पर्यटक अझसम्म भेटिएका छैनन् । पोको खोजीका लागि म्याग्दी आएकी उनकी श्रीमती जुनीफर पेटर्स लिले आफ्ना श्रीमान फेला पार्नेलाई पाँच लाख पुरस्कार दिने बताए ।

उनी सारडग्स नेपाल नामको ट्रेकिङ कम्पनीमार्फत पदयात्रामा आएका थिए । डेनीससँगै पदयात्रामा गएका आठ फिलिपिनी र सात नेपाली पदयात्री फर्किसकेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment