Comments Add Comment

मेस्सीको ४०० औं गोलसँगै बार्सिलोना विजयी

Barcelona

५ वैशाख, काठमाडौं । लिआनल मेस्सीले ४०० औं गोल गर्दा बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधिको दाबेदारी बलियो बनाएको छ ।

शनिबार भएको निकै महत्वपूर्ण खेलमा बार्सिलोनाले बलियो टोली भ्यालेसिन्यालाई २-० गोल अन्तरले पराजित गरेको छ । यससँगै लिग लिडर बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल मडि्रडसँग ५ अंकको अग्रता लिएको छ । यद्यपि रियलले एक खेल कम खेलेको छ ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले पहिलो मिनेटमा लुइस स्वरेजको गोलबाट अग्रता लिएको थियो । काउन्टर आक्रमणमा मेस्सीको पासमा स्वरेजले गोल गरेका हुन् ।

नवौं मिनेटमा भ्यालेन्सियाले पेनाल्टी पायो । तर, परेजाको प्रहार ब्राभोले रोक्दै बार्सिलोनाको अग्रता कायम राखे । त्यसपछि पनि भ्यालेन्सियाले बराबरी गोल फर्काउने निकै प्रयास गरेको थियो ।

खेलको अन्तिम मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे । नेयमारको लामो पासमा मेस्सीले वान भर्सेज वानको अवस्थामा बल पाए । उनको पहिलो प्रहार भ्यालेन्सियाका गोल रक्षकले रोक्ने प्रयास गरे । तर, उनको हातमा लागेको बलमा मेस्सीले गोल गरे ।

यो बार्सिलोनाका लागि मेस्सीको ४०० औं गोल हो । उनले ४७१ खेलमा ४०० गोल गरेका हुन् ।

जितसँगै बार्सिलोनाको ३२ खेलबाट ७८ अंक भएको छ भने दोस्रो स्थानमा रहेको रियल मडि्रडको ३१ खेलबाट ७३ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment