Comments Add Comment

युरोपमा बढ्दो संस्कृतको मोह, १४ बिश्वबिद्यालयमा संस्कृत पढ्नेको भीड

Sanskrit-in-Germany

संसारकै सम्बृद्धमध्येको एक र नेपाली भाषाको जननीसमेत मानिने संस्कृत भाषा हाम्रोमा लोप हुन थालिसक्यो । केही राजनीतिक दलले यसलाई आफ्नो राजनीति गर्ने हतियारसमेत बनाए ।

तर, यतिबेला युरोपेली मुलुकहरुमा संस्कृत भाषाप्रतिको आर्कषण चुलिएको छ । युरोप तथा अमेरिकाबाट संस्कृत भाषा पढ्न चाहनेहरु अबसर नपाएर कुरिरहेका छन् ।

जर्मनीको हिडेलबर्ग युनिभर्सिटीको साउथ एशिया इन्स्टिच्यूटमा संस्कृत कोर्सको माग बढ्दो छ । युनिभर्सिटीका क्लासिक इण्डोलोजीका प्रमुख प्राध्यापक एलेक्स माइकलले भन्छन-‘१५ बर्षअघि हामीले संस्कृत कोर्ष सुरु गर्दा केही बर्षमा बन्द गर्नुपर्छ होला भन्ने ठानेका थियौं, तर, अहिले उसको माग बढ्दो छ र अन्य युरोपियन देशमा पनि सुरु गर्दैछौं ।’

जर्मनीको टप युनिभर्सिटीहरुमध्ये १४ वटामा संस्कृत, क्लासिकल र मोर्डन इन्डोलोजीको पढाइ हुन्छ । बेलायतमा भने चार युनिभर्सिटी मात्र संस्कृत र अन्य कोर्स पढाइ हुन्छ ।

हरेक अगष्टमा सुरु हुने समर स्कुल एक महिना चल्छ । जहाँ विश्वभरका विद्यार्थीहरुले पढ्न आवेदन दिन्छन् । डा. माइकलले भन्छन-अहिलेसम्म ३४ देशका २५४ विद्यार्थीले यो कोर्स पढिसकेका छन् ।’

उनका अनुसार हरेक वर्ष आवेदन दिनेमध्ये धेरैको अस्वीकार हुन्छ । जर्मनीमा अमेरिका, इटली, बि्रटेन र अन्य युरोपेली देशहरबाट संस्कृत पढ्न विद्यार्थीहरु आउँछन् । संस्कृतलाई कुनै अमुक धर्म र निश्चित राजनीतिक विचारधारासँग जोड्ने काम बेइमानीपूर्ण रहेको उनी बताउँछन् ।

हिडेलबर्ग युनिभर्सिटीमा संस्कृत पढ्ने मेडिकलका छात्रा फैसेक्का लुनेरीले भन्छिन-मलाई मनोविश्लेषणमा रुची छ र म जान्न चाहन्छु कि शब्द, संस्कृति र समाजबाट मानव विचारको उत्पत्ति कसरी भयो ।’

डा. माइकलले संस्कृतका विद्वानका लागि जर्मनी स्टोक हाउस बनाएका छन् । हावर्ड, क्यालिफोर्निया, बर्कले र युकेका संस्कृत विद्वान पनि छन् जर्मनीमा ।

-डेलीमेलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment