Comments Add Comment

इभाना मानन्धर बनिन् मिस नेपाल (फोटो फिचरसहित)

Miss Nepal Ivana Mananfhar

५ वैशाख, काठमाडौं । न्यूरोड भोटेबाहलकी इभाना मानन्धर यस वर्षको मिस नेपाल भएकी छिन् । भर्खरै उनी विजेता घोषणा भएकी हुन् ।उनी हालै मात्र अमेरिकाबाट नेपाल आएकी हुन् । उनलाई मिस नेपाल २०१४ सुबिन लिम्बुले ताज पहिर्‍याइदिइन् ।

कार्यक्रमका प्रमुख निर्णायक शंकर शर्माले सोधेको अबको पन्ध्र बर्षमा तपाई आफूलाई कस्तो अवस्थामा देख्नुहुनेछ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै उनले नेपालकै सवैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगीताको उपाधी जितेकी हुन् ।

उनले १८ प्रतिस्पर्धीलाई पछि पारिन् । दिव्यता बैद्य फस्ट रनर अप भइन् । सेकेण्ड रनर अप मेधा कोइराला भइन् ।

द हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको २० औं संकरणमा विजेता बनेपछि इभाना मानन्धरले मिस वर्ल्डमा सहभागी हुने अवसर पाएकी छिन् ।

Miss nepal 2015 winer Ivana-Mananfhar (7)

यस्तै, विभिन्न १० टाइटलमा प्रतिस्पर्धीले पुरस्कार जितेका छन् । अघिल्ला बर्ष जस्तै यस बर्ष सम्पूर्ण विधाको घोषणा एकसाथ गरिएन । विभिन्न ५ विधामा पुरस्कार जित्नेहरुलाई उत्कृष्ट १० को छनोट पश्चात नै टाइटल प्रदान गरिएको थियो ।

जसमा मिस फोटोजेनिकको उपाधी दिव्यता वैद्यको पोल्टामा गयो । यस्तै, मिस इन्टेलेक्चुअल विधामा इभाना मानन्धरले टाइटल जितिन् । मिस स्कुलर अफ द इयर टाइटलको उपाधी सुदिपा पाठक, मिस कप्लेक्सनको उपाधी निश्मा चौधरी र मिस पपलुर नुनिड लिम्बु भएका छन् ।

मिस ट्यालेन्ट विधाको उपाधी पूजा श्रेष्ठ, गस गर्ल विधाकी विजेता इभाना मानन्धर, मिस बब्ली निश्मा चौधरी, मिस फ्रेन्डसिप विधाकी विजेता सोनु थापा मगर, मिस पर्सानालिटी इभाना मानन्धर, ब्यूटी विथ त पर्पजको उपाधी रेविका क्षेत्रीले जितेका छन् ।

Miss nepal 2015 winer Ivana-Mananfhar (9)

Miss nepal 2015 winer Ivana-Mananfhar (1) Miss nepal 2015 winer Ivana-Mananfhar (2) Miss nepal 2015 winer Ivana-Mananfhar (3) Miss nepal 2015 winer Ivana-Mananfhar (4) Miss nepal 2015 winer Ivana-Mananfhar (5) Miss nepal 2015 winer Ivana-Mananfhar (6) Miss nepal 2015 winer Ivana-Mananfhar (8)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment