Comments Add Comment

घुम्रिएको घाँटीले यी बालकलाई मर्नु न बाँच्नु

Mahendra-Ahirwar

पछिल्लो १२ वर्षदेखि यी बालक आफ्नो घुमेको घाँटीका कारण समस्यामा छन् । उनको यो पीडादायी जीवन देखेर उनका आमाबुबा मृत्यु चाहन्छन् ।

घटना भारत मध्यप्रदेशको हो । १२ वर्षका महेन्द्र अनौठो रोगबाट पीडित छन् । उनको घाँटी सिधा हुँदैन । जसका कारण उनको ढाडको हड्डीमा समेत असर परेको छ । उनी हिँडडुल गर्न र उभिन सक्दैनन् ।

उनी बसिरहन्छन् र उनलाई निकै पीडा हुन्छ । शौचालय जान पनि उनी घसि्रएर मात्र जान सक्छन् । खानाका लागि पनि आमाबुबामाको भर पर्नुपर्छ ।

Mahendra-Ahirwar-1

उनका बुबा मजदुर हुन र उनी छोराको अवस्था देखेर उनी दुःखी छन् । अहिलेसम्म ५० भन्दा बढी डाक्टरलाई देखाइसके तर, उपचार सम्भव भएको छैन ।

महेन्द्रकी आमा सुमित्राका अनुसार उनका छोरा दिनभर एउटा कुनामा बसिरहन्छन् । उनको कुनै जीन्दगी छैन । ‘उसको अबको जीवन सम्झिँदा पनि पीडा हुन्छ’ उनी भन्छिन् ।

महेन्द्रका तीन भाइ र बहिनी छन् । उनीहरु स्वस्थ छन् । सुमित्राका अनुसार सुरुमा महेन्द्र पनि ठिक थिए । तर, ६ महिनाको भएपछि उनको घाँटी एकातिर लत्रिन थाल्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment