Comments Add Comment

७० वर्षे वृद्धको मासिक कमाइ सवा लाख

tarkari

६ बैशाख, उदयपुर । उदयपुरको रौता ४का जितहर्क तामाङ ७० वर्षका भए । उनी तरकारी खेती गरेर अहिले पनि महिनाको सवा लाख भन्दा बढी रकम आम्दानी गर्छन् ।

युवाहरु विदेशिने गरेको देख्दा उनलाई नराम्रो लाग्छ । उनले भने-‘गाउँघरमा खेतबारी बाँझै राखेर हिजोआजका युवा काामको खोजीमा बिदेसिन तँछाडमछाड गरिरहेको देख्दा मेरो मन कटक्क खान्छ ।’ गरे यहाँ धेरै अवसर रहेको भन्दै उनले भने-‘गरे यहाँ नै धेरै अवसर छ, ज्यानको बाजी राखेर मरुभूमिका काम गर्न जान्छन्, उनीहरुको उमेर छ, जोश छ, जाँगर छ । म बुढोले अहिलेसम्म राम्रो कमाई गरिरहेको छु ।’

पञ्चायतमा दुई पटक प्रधानपञ्च र बहुदलीयकालमा १ पटक गाविस अध्यक्ष भएका उनले प्रधानपञ्च हुँदा पनि आफूले उत्पादन गरेको तरकारी आफैं बोकेर बेच्न लाने गरेका थिए । गाउँलेहरुले प्रधानपञ्चजस्तो मान्छे भारी बोकेर हिँड्छ भन्दै कुरा काट्थे तर, आफूलाई कहित्यै लाज नलागेको बताउँछन् ।

अहिले पनि तामाङका घरमा सयभन्दा बढी बाख्रा, १२ रोपनी जमिनमा काउली, मुला, टमाटर,घिराैला, खुर्सानीलगायतका तरकारी छन् । यी सबैबाट बाषिर्क रुपमा १५ लाख भन्दा बढी आम्दानी हुने गरेको कारोबारमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment