Comments Add Comment

प्लास्टिकको विकल्पमा रहेका जुट र कागजको झोला बजारमा नहुँदा अन्योल

plastik

६ बैशाख, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा प्लास्टिक झोला बिक्री वितरण प्रतिबन्ध लगाएपछि उपभोक्ता विकल्प नभएर रनभुल्लमा परेका छन् । सरकारले प्लास्टिकको विकल्पमा कागज, जुट र कपडाका झोला प्रयोग गर्न सुझाए पनि बजारमा मागअनुसार आपूर्ति नहुँदा उपभोक्तामा अन्योल कायमै छ ।

सरकारले बैशाख १ देखि राजधानीमा प्लास्टिक झोला प्रतिबन्ध लगाएको छ । प्रतिबन्धले समस्या भएको भन्दै उपभोत्ता बिरोधमा उत्रिएको कारोबारमा खबर छ । शुक्रबार प्लास्टिक उत्पादक संघद्धारा आयोजित बिरोध र्‍यालीमा उपभोक्ताको संख्या पनि उल्लेख्य थियो ।

विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले लामो समयसम्म नकुहिने तथा नगल्ने प्लास्टिकका कारण वातावरणीय प्रदूषण बढिरहेको भन्दै प्रतिबन्ध लगाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment