Comments Add Comment

युनाइटेडलाई हराउँदै चेल्सी उपाधि नजिक

Eden Hazard

६ वैशाख, काठमाडौं । म्यानचेष्टर युनाइटेडलाई पराजित गर्दै चेल्सी इंग्लिस प्रिमियर लिगको उपाधि नजिक पुगेको छ ।

शनिबार राति भएको खेलमा चेल्सीले बलियो टोली म्यानचेष्टर युनाइटेडलाई १–० ले हरायो । जितसँगै १०  अंकको अग्रता लिएको चेल्सीलाई अब च्याम्पियन बन्न ६ खेलमा २ जित भए पुग्छ ।

घरेलु मैदान स्टामफोर्ड भएको खेलमा ३८ औं मिनेटमा इडेन हजार्डले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।

म्यानचेष्टर युनाइटेडका वायन रुनी र फल्काओले गोलको अबसर सृजना गरेका थिए । तर, चेल्सीको डिफेन्सले उनीहरुले असफल पारे ।

जितपछि चेल्सीको ३२ खेलबाट ७६ अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको आर्सनलको ६६ अंक छ भने ६५ अंकका साथ म्यानचेष्टर युनाइटेड तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment