Comments Add Comment

जाजरकोटमा स्वाइनफ्लुको महामारी रोकिएन, औषधि सकिएको भन्दै स्वास्थ्यकर्मी फर्किन थाले

Jajarkot,-Wikimapiya

६ वैशाख, जाजरकोट । तीन सातादेखि जाजरकोटका विभिन्न गाउँमा फैलिएको महामारी नियन्त्रणमा आउनुको साटो थप गाउँमा फैलिरहेको छ । प्रभावित क्षेत्रमा पुगेका स्वास्थ्यकर्मी पनि औषधि सकियो भन्दै फर्किन थालेको स्थानीयले बताएका छन् ।

रुघाखोकीबाट तीन सातादेखि फैलिएको महामारीबाट शनिवार थप चार जनाको मृत्यु भएसँगै मृत्कको संख्या २४ पुगेको नयाँ पत्रिकामा खबर छ । तर दैनिक विरामी र मृत्यु हुनेको संख्या बढे पनि प्रभावित क्षेत्रमा बस्दा स्वाइन फ्लु लाग्ने डरले स्वास्थ्यकर्मी भाग्ने गरेको स्थानीयको आरोप छ ।

चौरजहारीको अस्पतालबाट डा.सोमन राईको नेतृत्वमा अछार्नी पुगेको टोली शुक्रवार एक दिनमात्रै विरामी हेरेर औषधि सकियो भन्दै हिडेको स्थानीय रणबहादुर शाहीले बताए ।

महामारीको संक्रमण रुकुममा पनि देखिएको छ । रुकुमको चौखावाङ-५ हिलगाउँमा पाँच दिनअघि देखिएको संक्रमण अहिले गाउँभरी फैलिएको नागरिक दैनिकमा खबर छ ।

रुकुमका विरामीमा पनि जाजरकोटका विरामीको जस्तै लक्षण देखिएको स्वास्थ्य चौकी मुसिकोटका इनचार्ज मानबहादुर खत्रीले जानकारी दिए । हिलमा ८० जना भन्दा बढी विरामी भेटिएको र दश जनाको स्वास्थ्य अवस्था सिकिस्त रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment