Comments Add Comment

आइतबारका दैनिक पत्रिकामा बिजनेश खबर

राजधानीबाट आइतबार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले निगमको ब्यवस्थापनमा लुफ्थान्साको प्रस्ताव, सामाजिक सुरक्षाको ७ अर्ब पाँच वर्षदेखि निष्त्रिmय, जलविद्युत कम्पनी मर्जरबारे बहस सुरु शीर्षकमा प्रमुख खबर छापेका छन् ।

कारोबार दैनिकमा ६ जहाजको ७६ प्रतिशत रकम लुफ्थान्सा आफैले ब्यहोर्ने, प्लाष्टिक झोलाको विकल्प तयार नहुँदा अन्योल, भाषा उत्तीर्णमध्ये ७५ प्रतिशतमात्रै कोरिया, ७० वर्षे वृद्धको मासिक सवा लाख, सैनिक जहाज चढेको बेरुजु ७ करोड, ब्यवस्थित राजधानी निर्माण सुरु लगायतका खबर छन् ।

आर्थिक अभियानमा सामाजिक सुरक्षाको ७ अर्ब पाँच वर्षदेखि निष्क्रिय, विकासमा वैदेशिक सहयोग जलविद्युत र सडकमा घट्यो, श्रमिकको ९० करोड ठगी, निम्बसले सुरु गर्यो काभ्रेबाट कुखुराको बिमा, ब्याजदर घट्दा घरजग्गा खरीदमा आकर्षण, सून्य दशमलव सून्य ३ अंकले बढ्यो नेप्से, पाकिस्तानलाई ठूलो वित्तीय सहयोग गराउँदै चीन लगायतका खबर छन् ।

अन्नपूर्ण पोष्टमा नेपाल वायुसेवा निगमको ब्यवस्थापनमा लुफ्थान्साको प्रस्ताव, न्यून रकममा बोलपत्र भरे धरौटी बढी, बजारमा पेट्रोल अभाव, प्राथमिकतामा ग्रामीण पर्यटन, नेपाल फिर्ता खर्चिलो बनाएको आरोप, मकालु हिरक महोत्सवको तयारी लगायतका खबर छन् ।

नागरिक दैनिकमा जलविद्युत कम्पनी मर्जरबारे बहस सुरु, चामल आयात ५० प्रतिशत बढ्यो, कोलिर्फम कार्यदलको सुझाव दराजमा, सब स्टेसन ढिलाइमा ध्यानाकर्षण, पोखरामा धमाधम होटल थपिँदै, घरजग्गा कारोबार बढोत्तरी, रत्नमन्दिरलाई जैविक विविधता पार्क बनाइने लगायतका खबर छन् ।

eco1

eco2

eco3

eco4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment