Comments Add Comment

आर्सनल १९ औं पटक एफए कपको फाइनलमा

Alexis Sanchez

६ वैशाख, काठमाडौं । साविकको विजेता आर्सनल कीर्तिमानी १९ औं पटक एफए कप फुटबलको फाइनलमा पुगेको छ ।

शनिबार राति भएको सेमिफाइनलमा आर्सनलले रिडिङलाई अतिरित्त समयमा २–१ ले हरायो ।

आर्सनलको जितमा नायक बने एलेक्स सान्चेज । पहिलो हाफको ३९ औं मिनेटमा सान्चेजले आर्सनलसलाई सुरुवाति अग्रता दिलाए ।

तर, ५४ औं मिनेटमा रिडिङले बराबरी गोल फर्कायो । खेलमा थप गोल हुन नसकेपछि निर्धारित ९० मिनेटका खेल १–१ को बराबरीमा सकियो ।

अतिरिक्त समयको खेलमा १०६ औं मिनेटमा सान्चेजले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई फाइनलमा पु¥याए ।

अब आर्सनलले उपाधिका लागि लिभरपुल र एस्टनभिल्लाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment