Comments Add Comment

पन्जाब फेरि कोलकत्तासँग स्तब्ध

Andre Russell

६ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा किङ्ग्स इलाभेन पन्जाब फेरि कोलकत्ता नाइट राइडर्ससँग स्तब्ध भएको छ ।

शनिबार राति भएको दोस्रो खेलमा कोलकत्ताले पन्जाबलाई ४ विकेटले पराजित गरेको छ । गत सिजनको फाइनलमा पन्जाबलाई ३ विकेटले पराजित गर्दै कोलकत्ता च्याम्पियन बनेको थियो ।

पन्जाबले प्रस्तुत गरेको १५६ रनको लक्ष्य कोलकत्ताले १७.५ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । उसका लागि आन्द्रे रुसेलले ३६ बलको मदतमा ९ चौका र २ छक्काको मदतमा ६६ रन बनाए ।

सन्दिप शर्माले पन्जाबका लागि चार विकेट लिएपनि टोलीको हार टार्न सकेनन् ।

यसअघि पुनेमा पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १५५ रन बनायो ।

खराव सुरुवात गरेको उसको पारी मध्यक्रमका ब्याट्सम्यानले सम्हालेका थिए । २७ रन जोड्दा ३ विकेट गुमाएको पन्जाबका ग्लेन म्याक्सवेल र जर्ज बेलीले चौथो विकेटका लागि ६३ रनको साझेदारी गरे ।

बेलीले ४५ बलमा ६० रन बनाए भने म्याक्सवेलले ३३ रनको योगदान दिए । पन्जाबका अन्य ब्याट्म्यानले १५ रन कटाउन सकेनन् ।

कोलकत्ताका लागि उमेश यादवले ३ विकेट लिए भने मार्ने मोर्केल र आन्द्रे रुसेलले २/२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment