Comments Add Comment

मनपरी शुल्क लिएर निजी विद्यालयहरुले अभिभावक ठग्दै

६ वैशाख, काठमाडौ । मनपरी शुल्क लिएर निजी विद्यालयहरुले अभिभावक ठग्दै आएका छन् । सम्बन्धित सरकारी निकाय फितलो नियमका कारण बेथिति बढेको भन्दै मौन बसेको छ ।

nepal_schoolसरकारले मासिक अधिकतम शुल्क मात्रै तोकेको छ । निजी विद्यालयहरुले त्यसबाहेकको मर्मत, खेलकुद, खाजा तथा खाना लगायतका शीर्षकमा मनपरी शुल्क असुली रहेका छन् । उनीहरुले मासिक शुल्क भने सरकारले निर्धारण गरेकै शुल्कको वरिपरि तोकेको नयाँ पत्रिकामा खबर छ ।

ललितपुरका जिल्ला शिक्षा अधिकारी शिवकुमार सापकोटाले ट्युशन फीबाहेक अरु शिर्षकमा कति लिन पाउने भन्ने कानूनले नतोेकेका कारण समस्या भएको बताए ।

अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले अधिकतम मासिक शिक्षण शुल्क मात्रै तोक्ने, तर अरु शीर्षकमा अधिकतम शुल्क नतोक्दा निजी विद्यालयहरुले अभिभावक लुट्ने अवस्था सिर्जना भएको बताए ।

अखिल क्रान्तिकारीका संयोजक रमेश मल्लले निजी विद्यालयहरुले मासिक शिक्षण शुल्क पनि बढाउने र अन्य शीर्षकहरुमा समेत मनपरी असुलीरहेको बताए ।

०७२ का लागि काठमाडौ र ललितपुरमा मासिक शिक्षण शुल्क निर्धारण गरिएको छ । काठमाडौमा २२ र ललितपुरमा २० प्रतिशत शुल्क वृद्धि भएको छ । निजी विद्यालयहरुले छात्रवृत्तिका नाममा समेत विद्यार्थीबाट पैसा असुली रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment