Comments Add Comment

आठ वर्षकी बालिकाले यु ट्युबबाट कमाउँछिन् महिनाको सबा करोड

youयु ट्युब स्टारहरु आजकल हलिउड सेलिब्रेटी जस्तै मालामाल बन्न थालेका छन्, नाम र दाब दुबैमा । धेरै फ्यान फलोइङ सँगै पर्याप्त आम्दानीका कारण कतिपयका लागि यु ट्युब निकै फापेको छ ।

कतिपयले यु ट्युबबाट कमाउने गरेको रकमका बारेमा त सुन्दै पत्यार नलाग्न सक्छ । एडएज वेबसाइटले हालै एउटा यस्तो सूचिमा प्रकाशित गरेको छ जसमा यु ट्युबबाट सबैभन्दा धेरै मासिक कमाइ गर्ने स्टारहरुको सूचि दिइएको छ ।

ब्युटी तथा स्टाइल र खाना तथा पक्वान विधामा युट्युब च्यानलमा सबैभन्दा बढि आर्जन गर्ने स्टारहरुको विषयमा विश्लेषण गर्ने आउट टि्रगर मिडियाले तयार पारेको तथ्यांकका आधारमा उक्त सूचि सार्वजनिक गरिएको हो ।

उक्त सूचि अनुसार खाना तथा पाककला विधामा सबैभन्दा बढि कमाउने च्यानल चार्लिसक्राफ्टी किचेन हो । यो यु ट्युब च्यानलमा ८ वर्षकी चार्ली नामकी बालिकाले बेकरी आइटम कसरी तयार गर्ने भन्ने विषयमा विभिन्न टिप्स दिएका भिडियोहरु प्रशारण गरिन्छ ।

आउटटि्रगरका अनुसार चार्लीको उक्त च्यानलले एक महिनामा विज्ञापन वापत औषतमा १ लाख २७ हजार ७७७ डलर आर्जन गर्ने गरेको छ । यो भनेको यु ट्युबले कटौत ीगर्ने शुल्क कटाएर बाँकी रहेको रकम हो । यो च्यानललाई एक महिनामा २ करोड ९० लाख जनाले हेर्ने गरेका छन् । मार्च महिनामा यो च्यानलमा दर्शक २ करोड ९१ लाख ३३ हजार २७० थिए ।

चार्लीले आफु ६ वर्षकी हुँदा २०१२ देखि बेकिङ टिप्सका बारेमा भिडियो तयार गर्न थालेकी हुन् । उनलाई ५ वर्षकी बहिनी एस्लीले सहयोग गर्छिन् । बहिनीले खासगरी उनले तयार पारेका बेकरी आइटिम चाख्ने भूमिका निर्वाह गर्छिन् ।

थपः खाना र सुन्दरतासम्बन्धी च्यानल चलाएर यी हुन धेरै कमाउनेहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment