Comments Add Comment

कांग्रेस कार्यकर्ताद्वारा अस्पतालमै आत्महत्या

६ वैशाख, काठमाडौ । आर्थिक अभावका कारण उपचार गर्न नसक्ने अवस्था देखेपछि नेपाली कांग्रेसका एक कार्यकर्ताले अस्पतालको झ्यालबाट हामफालेर आत्महत्या गरेका छन् ।
gangalalसिन्धुपाल्चोकको चौतारा नगरपालिका- ३ का नेपाली कांग्रेसका महासमिति सदस्य ४६ वर्षीय सुरजमान श्रेष्ठले काठमाडौंस्थित गंगालाल अस्पतालबाट हामफालेर आत्महत्या गरेका हुन् । श्रेष्ठ वीपी चिन्तन प्रतिष्ठान सिन्धुपाल्चोकका अध्यक्षसमेत हुन् ।

लामो समयदेखि मुटुरोगको उपचार गराइरहेका कांग्रेस कार्यकर्ता सुरजमानले शनिबार बिहान बाँसबारीस्थित गंगालाल हृदय केन्द्रको चौथो तलाबाट हाम फालेर आत्महत्या गरेका हुन् ।

झण्डै २० वर्षदेखि मुटुको समस्या भएर औषधि सेवन गर्दै आएका उनको मुटु नै फेर्नुपर्ने डाक्टरले बताएका थिए । तर, मुटु फेर्नका लागि  आर्थिक जोहो गर्न नसक्दा उनी निराश हुँदै आएका थिए ।

वीपी चिन्तन प्रतिष्ठान सिन्धुपाल्चोकका अध्यक्ष समेत रहेका श्रेष्ठले पार्टीबाट स्वास्थ्य उपचारका लागि कुनै सहयोगसमेत पाएनन् । लामो समयदेखि उपचार गराइरहेका उनलाई पार्टीले पनि कुनै सहयोग नगरेको पारिवारिक स्रोतको गुनासो छ ।

पार्टीले समेत उपचारका लागि कुनै वास्ता नगरेपछि मुट फेर्नका लागि मोटो रकम जुटाउन उनका लागि सम्भव भएन । र, उनले आत्महत्यषको बाटो रोजे ।

राजनीतिक दलका शीर्ष नेताहरुलाई पेट दुख्यो भने विदेश गएर उपचार गर्ने गर्दछन् । तर, सत्तापक्षकै स्थानीयस्तरका नेता कार्यकर्ता भने आर्थिक अभावकै कारण मृत्युवरण गर्नुपरिरहेको उनका आफन्तहरुको गुनासो छ ।

वीपी चिन्तन प्रतिष्ठानका नेताले उपचार खर्च नपाएर आत्महत्या गरे पनि कांग्रेस उपसभापति रामचन्द्र पौडेलको नेतृत्वमा हालै सञ्चालित गणेशमान शान्ति अभियानका नाममा राज्यकोषबाट ५० लाखन रुपैयाँ निकासा गरेर स्वाहा पारिएको थियो ।

राज्यकोषबाट रकम निकालेर पार्टीको कार्यक्रममा खर्च गर्ने कांग्रेसले आफ्ना कार्यकर्तालाई आत्महत्या गर्नेसम्मको परिस्थितिमा पुर्‍याउनु लोकतन्त्रकै लागि लज्जास्पद घटना बनेको गंगालाग अस्पतालका एक कर्मचारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment