Comments Add Comment

एउटै मञ्चवाट एक सय २० गीत सार्वजनिक

lokarpan
काठमाडौ । नेपाली गीत संगीतको बजार अपेक्षित सुधार हुन नसकिरहेका बेला संगीतकार टिका भण्डारीले एउटै मञ्च एक सय २० वटा नयाँ गीत सार्वजनिक गरेका छन् ।

शनिवार पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ९ वटा एल्बमको एकमुष्ठ सार्वजनिक गरेका छन् । ती एल्बममा कुल एकसय २० गीत समावेश छन् ।

tika-bhandari

कार्यक्रममा भण्डारीको संगीत रहेका ४० गीत र अन्य संगीतकारका ८० गरी १ सय २० गीतको एकमुष्ट सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा संगीत नाट्य एकेडेमीका उप-कुलपति शम्भुजित बास्कोटा, बरिष्ठ गायक किरण प्रधान, प्राज्ञ ललिजन रावल, गायक बासुदेव मुनाल नाटक निर्देशक मदनदास श्रेष्ठ लगायतको उपस्थिती थियो ।

कार्यक्रममा संगीतकार भण्डारीको विगत सम्झदै ११ वटा म्युजिक भिडियोको स्थायी क्लिप्स प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा संगीतकार भण्डारीले आमा सम्वन्धी ३ गीत र अन्य ४ वटा गीतको स्थायी ट्रयाक गाएका थिए । पुराना गायक एवंम कार्यक्रम प्रस्तोता बासुदेव मुनाललाई अभिनन्दन समेत गरिएको थियो । गीतकार नवराज लम्सालले समग्र संगीतको समीक्षा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment