Comments Add Comment

नेपालमा सुटिङ गरिएको ‘बेबी’ ओस्कार लाईब्रेरीमा

Baby's-Oscars-Academy-Library-collectionमुम्बई । अक्षय कुमार अभिनित हिन्दी फिल्म ‘बेबी’ ले ओस्कार लाईब्रेरीमा स्थान पाएको छ ।

गएको जनावरीमा रिलिज भएको ‘बेबी’ मा अक्षय कुमारले मुख्य भुमिका निर्वाह गरेका छन् । आतंकवाद बिरुद्ध आवाज उठाएको यो फिल्मको सुटिङ नेपालमा पनि गरिएको थियो ।

नेपालका पर्यटकीय क्षेत्रहरु ठमेल, भक्तपुर लगायतका स्थानमा फिल्म सुटिङ गरिएको थियो । निरज पाण्डेको निर्देशन रहेको यस फिल्मका अन्य कलाकारहरुमा डेनी डेन्जोंगपा, तापसी पन्नु, सुशान्त सिंह लगायतका कलाकारले अभिनय गरेका छन् ।

ओस्कार लाईब्रेरीमा फिल्मले स्थान पाउनुलाई बलिउडमा अहिले पनि प्रतिष्ठाको विषय मान्ने चलन छ । ओस्कार लाईब्रेरीमा स्थान पाएका फिल्मका विषयमा विभिन्न विद्यार्थी, लेखक लगायतले थप अनुसन्धान समेत गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment