Comments Add Comment

स्मार्टफोनको खरिदमा साडी उपहार, ९ दिनमा साढे ११ करोडको कारोबार

CTC-Mobile-Mela
६ चैत, काठमाडौं । राजधानीको सुन्धारास्थित सिटिसीमलमा जारी सामसुङ मोबाइल एक्स्प्ाोमा शनिबार ८ हजार रुपैयाँभन्दा बढी मूल्यको स्मार्टफोन खरिदमा साडी वा घडी उपहार प्रदान गरिएको छ । शनिबार आमा खुवाउने औंशीको दिन भएको हुँदा यस्तो उपहार प्रदान गरेको आयोजक सिटिसी मोबाइल बजारले जनाएको छ ।

एक्स्पो आयोजनाको नबौं दिनसम्म ११ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको मोबाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले जानकारी दिए । मेलामा अपेक्षा गरिएभन्दा बढी अवलोकनकर्ताको सहभागीता रहेपछि आयोजकले २ दिनको समय थप गरेको उनले बताए ।

शनिबार रेशम फिलीलीका नायक तथा नायिकाद्धयले नृत्य प्रस्तुत गर्दै सहभागीलाई थप मनोरञ्जन दिएका थिए ।

नबौं दिनसम्ममा करिब ६ लाख ८० हजार भन्दा बढीले एक्स्पो अवलोकन गरेको अयोजकको दाबी छ एक्स्पोमा सामसुङ, माइक्रोम्याक्स, कलर्स, पानासोनिक, कार्बन, हुवावे र जियोनी मोबाइलको कारोबार उच्च रहेको बजारका कोषाध्यक्ष मनोज मानन्धरले जानकारी दिए ।

एक्स्पोमा दैनिक १० भन्दा बढी लक्की ड्र भइरहेको छ । प्रबेशसँगै लक्की ड्र माप्रबेश गर्नेहरुलाई प्रत्येक घण्टा लक्की ड्र मा समाबेश गराइरहेको बजारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment