Comments Add Comment

रूखले च्यापेर एकै परिवारका तीनको मृत्यु

६ वैशाख, पाँचथर । प्राङबुङमा वर्षासँगै तीव्र गतिमा चलेको हावाहुरीका कारण एकै परिवारका तीनको मृत्यु भएको छ ।

तीव्र गतिमा चलेको हावाहुरीका कारण ढलेको रूखले च्यापेर प्राङबुङ–३ का श्रीप्रसाद खपाङ्गी, १७ वर्षीय छोरा मनोज र १९ वर्षीय भतिजा अनिषको ज्यान गएको हो । भारत सिक्किमको सोमबारे बजारबाट सामान किनेर फर्किंदै गरेका उनीहरूलार्इ प्राङबुङ–६ मा आइपुग्दा उनीहरू दुर्घटनामा परेका हुन् ।

तीनैको शव रूखले च्यापिएको अवस्थामा फेला पारिएको स्थानीय विलबहादुर थाम्सहाङले बताए । घटनास्थलतर्फ प्रहरी टोली गएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment