Comments Add Comment

राम श्रेष्ठको नेतृत्वमा कैलास टुर अपरेटर्सको नयाँ कार्यसमिति

Kailash-Tours-Operater

६ वैशाख, काठमाडौं । कैलाश टुर अपरेटर्स संघको अध्यक्षमा राम श्रेष्ठ (प्रकाश) निर्वाचित भएको छ । गत हप्ता राजधानीमा सम्पन्न संघको विशेष साधरणसभाले उनलाई अध्यक्षमा निर्वाचित गराएको हो ।

सभाले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । संघको प्रथम उपाध्यक्षमा जितेन्द्र बस्नेत, द्धितिय उपाध्यक्षमा बासु अधिकारी, महासचिवमा रमेश कुमार ओझा, सचिवमा घनश्याम घिमिरे, कोषाध्यक्षमा कृष्णप्रसाद ढकाल निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा दिल बहादुर गुरुङ्ग, बिरमान लामा, अमृत अधिकारी, राजन श्रेष्ठ र गणेश न्यौपाने निर्वाचित भएका छन् ।

संस्थामा आवद्ध ट्राभल तथा ट्रेकिङ एजेन्सीहरुले बार्षिक हजारौ स्वदेशी विदेशी धार्मीक पर्यटकहरुलाई नेपाल तथा कैलाश मानसरोवर यात्राको प्रवन्ध गर्दै आएका छन् ।

कैलाश मानसरोवर हिन्दु तथा अन्य धार्मालम्बीहरुको पवित्र धार्मीक स्थल हो । यस यात्रामा आउने पर्यटकले कैलाश मानसरोवरको साथसाथै नेपालका विभिन्न धार्मीक स्थलहरु पशुपतिनाथ, मुक्तिनाथ, मनकामना, जनकपुर, लुम्बिनी लगायतका धार्मीक स्थलको पनि भ्रमण गर्ने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment