Comments Add Comment

उद्योगमैत्री कानुन ल्याउन सकार तयारः मन्त्री बस्नेत

६ वैशाख, बुटवल । उद्योग मन्त्री महेश बस्नेतले सरकार औद्योगिक विकासका लागि छिट्टै उद्योगमैत्री कानुन ल्याउन तयार रहेको बताउनुभएको छ ।
देवदह व्यापार सङ्घको प्रथम साधारणसभा तथा अधिवेशनलाई आज रुपन्देहीको देवदहमा सम्बोधन गर्दै मन्त्री बस्नेतले पुराना औद्योगिक व्यवसाय ऐनलाई हटाएर नयाँ औद्योगिक ऐन ल्याउनु पर्नेमा जोड दिए । देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न देवदह विकास कोषको निर्माण गर्नुपर्ने पनि उनले बताए ।

सभासद् अब्दुल रज्जाकले देवदहमा व्यापारिक विकासका लागि व्यावसायिक भवन बनाउन राज्यसँग जग्गा उपलब्ध गराउन माग गरे । नेकपा (एमाले) स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले देशमा प्राप्त उपलब्धिलाई संस्थागत गर्न राजनीतिक दलहरुले सहकार्य गर्नुपर्ने बताए ।

सङ्घका अध्यक्ष कोषबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेशप्रसाद घिमिरे, एमाले रुपन्देहीका जिल्ला कमिटी अध्यक्ष भोजप्रसाद श्रेष्ठ, रुपन्देही व्यापार सङ्घका प्रथम उपाध्यक्ष मोती पाण्डेलगायतले मन्तव्य व्यक्त गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment