Comments Add Comment

चरिकोटमा प्रिमियर इस्योरेन्सको कृषि शाखा

६ बैशाख । बाली तथा पशुपंक्षी बीमा गर्ने उद्देश्यले प्रिमियर इन्स्योरेन्स कम्पनीले दोलखाको  चरिकोटमा शाखा कार्यालय सञ्चालन गरेको छ । शनिबार बीमा समितिका अध्यक्ष प्रा.डा. फत्तबहादुर केसीले उक्त शाखाको उद्घाटन गरेका छन् ।

सो अवसरमा कम्पनीले चरिकोटमा बाली तथा पशुपंक्षी बीमा सम्बन्धि अन्तरक्रिया कार्याक्रम समेत गरेको छ । अन्तरक्रियामा अध्यक्ष केसीले कृषि तथा पशुपंक्षी बीमालाई सरकारले प्राथमिकतामा राखेको र यस क्षेत्रको बीमामा ७५ प्रतिशत प्रिमियम अनुदान दिएको बताउँदै सरकारले दिएको सुविधा उपभोग गर्न कृषकहरुलाई जागरुक गराउनुपर्ने बताए ।

उनले कृषि तथा पशुपंक्षी बीमा सेवा देशमा ७५ वटा जिल्लामा सञ्चालन गर्न लागिएको, बीमा कम्पनीहरुलाई सेवा विस्तार गर्न बीमा समितिले प्रोत्साहित गर्दै आएको बताए ।

सरकारको बीमा नीति र कम्पनीहरुले जारी गरेको बीमा पोलिसीबारे सर्वसाधारणमा जनचेतना फैलाउनु अहिलेको मुख्य चुनौति भएको बताउँदै उनले यस्तो अन्तरक्रिया कार्यक्रमले जनचेतना वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

डा केसीको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्याक्रमा जिल्लास्थित विभिन्न कार्यालयका प्रमुखहरु, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरु, सहकारी कार्यालय तथा कृषि व्यवसायमा संलग्न उद्यमीहरु सहभागी भएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment