Comments Add Comment

दाङमा दुर्घटना ग्रस्त क्षेत्र घोषणा

निमुसंगम घर्ती

६ वैशाख, घोराही । दाङको घोराही-तुलसीपुर सडकखण्ड अन्तरगत रतनपुर चोकदेखि कपासीसम्मको सडकलाई दुर्घटना ग्रस्त क्षेत्र घोषणा गरिएको छ । अत्यधिक सवारी दुर्घटना हुदै आएको दुई किलोमिटर सडकखण्डलाई संकेत बोर्ड राखेर सवारी दुर्घटनाग्रस्त क्षेत्र घोषणा गरिएको हो ।

accident-Area of Dang

त्रिभुवन नगर जेसीजले नयाँ बर्षको अवसरमा आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरी मिलेर दुई स्थानमा संकेत बोर्ड राखेर दुर्घटनाग्रस्त क्षेत्र घोषणा गरिएको हो ।

सो सडकखण्डमा अत्यधिक सवारी दुर्घटना भएपछि चालक र पैदल यात्रुहरुलाई सचेत गराउन वोर्ड स्थापना गरिएको भन्दै प्रहरीले सिमित गतिमा गाडी कुदाउन आग्रह गरेको छ ।

रतनपुर चोकदेखि कपासी बगीयासम्मको दुई किलोमिटर सडकमा चालु आर्थिक बर्षमा १८ वटा सवारी दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्यांक छ । सो दुर्घटनामा परी २ जनाको मृत्यु, १० जना गम्भिर घाईते र १८ जना सामान्य घाईते भएका थिए ।

सो सडकमा तिब्र गति, सडकको संरचना साँघुरो, अबैज्ञानिक मोड र शहरी मागसँगै अत्यधिक यात्रु र सवारी चापका कारण दुर्घटना हुने गरेको ट्राफिक प्रमुख प्रहरी निरीक्षक बिरबहादुर थापाले जानकारी दिए । गाडीको चाप अनुसार सडकको संरचना झनै साँघुरीदै जानुले चुनौती थपिएको उनको भनाई छ ।

दुर्घटना ग्रस्त क्षेत्र घोषणा गरिएको स्थानमा कालोपत्रे र पैदल तथा साईकल यात्रीलाई हिँड्नै नमिल्ने सडकको अवस्था रहेको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment