Comments Add Comment

‘कहाँ छौ कहाँ’को सिक्वेल बन्दै, ५ नायक र ३ नायिका रहने

gharana-and-govindaनेपाली चलचित्रमा सिक्वेलको लहर अब नयाँ रहेन । एकपछि अर्को हिट चलचित्रको सिक्वेल बनाउने तयारी गरिएको छ । सिक्वेल बनाएर सफलता पाएको चलचित्र अहिलेसम्म ‘नाई नभन्नु ल’ मात्र हो ।

यही भिडमा निर्माता तथा वितरक गोविन्द शाही पनि थपिएका छन् । उनले चलचित्र ‘कहाँ छौ कहाँ’को सिक्वेल बनाउने भएका छन् । तर, चलचित्रको कथावस्तु तयार हुँदै गर्दा उनले प्रदर्शन मिति भने घोषणा गरिदिएका छन् ।

यो चलचित्र यो बर्षको चैत्र २६ गतेबाट प्रदर्शनमा आउने उनले बताए । नयाँ बर्षमा प्रदर्शनमा आएका चलचित्रले बम्पर ब्यापार गरेपछि गोविन्दले पनि यो चर्चित मिति रोजेको हुनसक्छ । चलचित्रमा ५ नायक र ३ नायिका रहने उनको भनाई छ । चलचित्रका कलाकार र निर्देशकको नाम चाडै नै सार्वजनिक गर्ने गोविन्दले जानकारी दिए ।

नेपाल र दुबइमा छायांकन हुने यो चलचित्रले कमेडी, प्रेम, एक्सनको कथालाई बोल्नेछ । गोविन्द शाही, विराज भट्ट र झरना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘कहाँ छौ कहाँ’ हिट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment