Comments Add Comment

जाजरकोटमा मृत्यु भएका मध्ये दुई जनामा स्वाइन फ्लू भएको पुष्टि

Jajrkot-swinflue

  • जाजरकोटमा फैलिएको महामारीबाट विरामी भएकाहरू । तस्वीरः रासस

६ वैशाख, काठमाडौं । जजरकोटमा फैलिएको महामारीका क्रममा मृत्यु भएका मध्ये २ जनामा स्वाइन फ्लू संक्रमण भएको पुष्टि भएको छ ।

तीन सातादेखि फैलिएको महामारीका कारण २४ जनाको मृत्यु भइसकेको छ । मृतक मध्ये अधिकांशको रगत तथा र्‍याल परीक्षण भएको छैन ।

स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख बाबुराम मरासिनीका अनुसार मृतक मध्ये दुई जनामा भने स्वाइन फ्लू पुष्टि भएको बताए ।

उनका अनुसार महामारीग्रस्त जाजरकोटबाट ३० जनाको नमुना संकलन गरेकोमा ११ जनामा स्वाइन फ्लूको जिवाणु भेटिएको छ । पछिल्लो पटक जाजरकोटबाट १८ जनाको नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएका थिए । जसमा ८ जनामा स्वाइन फ्लू भटिएको छ ।

यसअघि १२ जनाको नमुना संकलन गरेकोमा ३ जनामा स्वाइन फ्लू संक्रमण भेटिएको थियो ।

इपिडिमियोलोजी महाशाखाका प्रमुख डा. मरासिनीले अनलाइनखबरसँग भने-‘जाजरकोटबाट नमुना संकलन गरेको मध्ये २५ प्रतिशतमा स्वाइन फ्लू देखिएको छ ।’

यो पनि पढ्नुहोस्

मनवीरकी श्रीमती अाँगनमा ढल्दा उठाउने मान्छे भएनन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment