Comments Add Comment

एमाओवादीसँग निर्णायक वार्ता गर्ने कांग्रेस र एमालेको निर्णय

Cong-uml-meet

६ वैशाख, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र एमालेले एमाओवादीसँग सहमतिको प्रयासका लागि निर्णायक वार्ता गर्ने निर्णय गरेका छन् । वार्तामा कुनै सहमति नभए वैशाख १० गतेबाट संविधानसभाको बहुमतीय प्रक्रिया अघि बढाइने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सत्तारुढ कांग्रेस र एमाले शीर्षनेताहरुको बैठकमा एमाओवादी र मधेसी मोर्चासँग अहिलेसम्म भएको वार्ताको समीक्षा भएको थियो । बैठकले सहमतिको प्रयासमा एमााओवादीसँग निर्णायक वार्ता गर्ने निर्णय गरेको छ ।

आइतबार नै वार्ताको प्रयास भएको थियो । तर, एमाओवादी आन्तरिक बैठकमा भएका कारण सोमबार बिहान ८ बजेका लागि तय भएको छ ।

सोमबारको वार्तामा सहमति नभए १० गतेबाट संविधानसभाको बहुमतीय प्रक्रिया अघि बढ्ने एमाले प्रमुख सचेतक अग्नि खरेलले अनलाइनखबरलाई बताए । उनले भने-‘यो वार्ता निणर्ायक हुन्छ । सहमतिका लागि हामीसँग ९ गतेसम्मको समय छ । नभए प्रक्रिया अघि बढ्छ ।’

संविधानसभाको बैठक १० गतेका लागि बोलाइएको छ । तर, अहिलेसम्म प्रमुख दलहरुबीच संघीयतामा विवाद कायमै छ । सहमतिका आधारमा ६ प्रदेश बनाउन अनौपचारिक सहमतिमा पुगे पनि नामांकन र सीमांकनमा विवाद छ । एमाओवादीले बहुपहिचानयुक्त नाम राख्नुपर्ने बताएको छ भने कांग्रेस र एमालेले साझा पहिचान झल्कने नाम मात्र हुने बताएका छन् ।

सीमांकनले झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई लिएर विवाद छ । एमाओवादीले छुट्टै प्रदेश, केन्द्र प्रशाशितसहितका विकल्प अघि सारे पनि एमाले अध्यक्ष केपी ओलीले पहाडमा बन्ने प्रदेशमा हुनुपर्ने बताएको छ ।

मधेसवादी दलहरुले भने मधेसका जिल्लाहरुलाई पहाडमा बन्ने प्रदेशमा राख्न नहुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment