Comments Add Comment

आफ्नै प्रेमिका जियालाई भूवनले भने ‘भल्गर’

buwan-and-jiya-kc
नायक भूवन केसी र नायिका जिया केसीको सम्बन्धको चर्चाले नेपाली मिडियामा चर्चा पाएको लामै समय भैसकेको छ । भूवन र जिया लिभिङ टूगेदरमा रहेको खबर पनि बारम्बार समाचारमा छाइरहन्छ ।

भूवन र जिया धेरै पटक एकसाथ देखिएकाले पनि यस्तो चर्चा चलेको हो । भूवनको घरमा जानेहरुले जियालाई उनको घरमा धेरै पटक देखेको बताउँछन् ।

तर, नायक भूवन केसीले भने जिया आफ्नो मिल्ने साथी मात्र भएको बताएका छन् । जिया आफ्नो शुभचिन्तक भएको भूवनको भनाई छ । तर, भूवन र जियाले एकअर्काको सम्बन्ध लुकाउन खोजेपनि छिपेको छैन ।

उनै भूवन केसी अहिले आफ्नो नयाँ चलचित्र ‘ड्रिम्स’को छायांकनका लागि मुस्ताङ पुगेका छन् । छोरा अनमोल केसीलाई मुख्य नायकको रुपमा खेलाउँदै भूवनले यो चलचित्रको छायांकन सुरु गरेका हुन् । यो चलचित्रमा भूवनले नायिकाको रुपमा २ यूवतीलाई छानेका छन् ।

यही चलचित्रबाट भूवन निर्देशकको रुपमा देखिदैछन् । उनले कलाकारितामा जस्तै निर्देशकमा पनि सफल हुने विश्वास व्यक्त गरेका छन् ।

नेपाल समचारपत्रको पेज थ्रीसँग कुरा गर्दै भूवनले जियालाई यो चलचित्रमा नायिकाको रुपमा नखेलाउनुको कारण पनि खुलाएका छन् । भूवनले भनेका छन्-‘जियालाई लिनलाई मैले त्यस्तो भल्गर चलचित्र बनाउन लागेको होइन । यो विशुद्ध टिनेज लभस्टोरी बिषयमा छ ।’

आफ्नो प्रेमिकाको रुपमा चर्चा पाएकी जियालाई भूवन आफैले ‘भल्गर’ भनिदिएका छन् । चलचित्र क्षेत्रमा अत्याधिक अंगप्रदर्शन गरेकै कारण कुनै समय चर्चामा रहेकी जिया अहिले गुमनाम जस्तै छिन् । चलचित्रबाट हराएपछि जिया भूवन केसीसँग बस्दै आएको चर्चा चल्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment