Comments Add Comment

प्युठान बम विष्फोट : नमादेवीको परिवार न्याय खोज्दै राजधानीमा

६ वैशाख, काठमाडौं । घर नजिकैको बारीमा बेवारिसे बम विष्फोटमा परी आमा नमादेवीको मृत्यु भएपछि विस्थापित भएका परिवारका सदस्य न्याय खोज्दै राजधानी आएका छन् ।

Pramod-Pokhrel-Pyuthanप्युठान ओखरकोट गाविस ५ को थातथलो छाडेर सदरमुकाम छेउको बाग्दुला बजारमा विस्थापित भएको सञ्चारकर्मी प्रमोद पोख्रेलको परिवार अहिले न्याय खोज्दै राजधानीमा भौंतारिरहेको छ ।

गत चैत ५ गते दिउँसो बेवारिसे विष्फोट हुँदा प्रमोदकी आमा नमादेवीको मृत्यु भएको थियो । प्रमोद स्वर्गद्वारी राष्ट्रिय साप्ताहिकका सम्पादक हुन् ।

आईतवार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मी पोख्रेलले आफ्नो आमाको हत्या भएको दावी गरे । उनले प्रहरीले अहिलेसम्म हत्याको कारण र दोषी पत्ता लगाउन गंभिरतापूर्वक अनुसन्धान नगरेकोले आफू छिटो अनुसन्धान होस् भन्ने माग गर्न राजधानी आउनु परेको बताए ।

‘एक साताभित्र विधि विज्ञान प्रयोगशालाबाट रिपोर्ट ल्याउने प्रतिबद्धता ब्यक्त गरे पनि एक महिना वित्नलाग्दा समेत कुनै जानकारी आएको छैन,’ उनले भने, ‘सञ्चारकर्मीको रुपमा खेलेको भूमिकाका कारण रुष्ट पक्षले करेसाबारीमा बम राखिदिएको मेरो आशंका छ ।’

उनले प्रहरी प्रशासनले अनुसन्धानमा गम्भीरता नदेखाएको उनले आरोप लगाए ।

पत्रकार सम्मेलनमा मानवअधिकारवादी सुवोध प्याकुरेलले नागरिकको सुरक्षा राज्यको प्रमुख दायित्व भएको भन्दै अपराध अनुसन्धान गर्ने अधिकारीले पीडित परिवारलाई विश्वासमा लिन नसक्नु विडम्बनापूर्ण अवस्था भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment