Comments Add Comment

प्रचण्ड मोर्चाको औचित्य छैन भन्नु बेतुकको कुरा : गच्छदार

Bijaya-Kumar-Gachhadarध्रुव भट्टराई

६ वैशाख, विराटनगर । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मधेसी दलका केही नेताहरुले नयाँ मोर्चा बनाउने भनी दिएको अभिव्यक्तिलाई रिसको आवेग मात्रै भएको टिप्पणी गरेका छन् ।

सहमतिको वातावरण तयार गर्न ३० दलीय मोर्चाले आन्दोलन स्थगित गरेपछि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतका केही नेताहरुले अलग्गै मेार्चा बानाउने सार्बजनिक अभिव्यक्ति दिएका थिए ।

विराटनगर विमानस्थलमा आइतबार संचारकर्मीसँग कुराकानी गर्दै गच्छदारले भने, ‘त्यो आन्दोलन स्थगित भएपछिको रियाक्सन हो । अर्को मोर्चाको आवश्यकता छैन ।’

मुलुकमा दलपिच्छे नै मोर्चा बनाउनु गलत हुने उनको भनाइ थियो । गच्छदारले भने, ‘मधेसी मोर्चा, सात दलीय मोर्चा र ३० दलीय मोर्चा भएकै अवस्था छ अब फेरि नयाँ मोर्चाको आवश्यकता छैन र यो सम्भव पनि हुदैन ।’

साना दलमा अतिवादी सोंच

गच्छदारले ठूला दलमा रहेको अतिवादी सोंच अहिले साना दलमा समेत बढेको धारणा राखे । यसले सहमतिको वातावरण बिगार्ने उनले चेतावनी दिए । उनले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा रहेको ३० दलीय मोर्चाको औचित्य समाप्त भएको भन्नु बेतुकको कुरा मात्र भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment