Comments Add Comment

लिबियामा अर्को पानी जहाज दुर्घटना, सैंयौंको मृत्यु

libya-boat-capsized_14294रोम, ६ वैशाख । लिबियाको समुन्द्रको तटको भूमध्य सागरमा यात्रुवाहक पानी जहाज डुब्दा सैयौं जना मारिएका छन् । संयुक्त राष्ट्रको एक अधिकारीले आइतवार सो कुराको जानकारी दिएका हुन् ।

अहिलेसम्म प्राप्त भएको जानकारी अनुसार २८ जनाको सकुशल उद्धार गरिएको छ । अहिले पनि दुर्घटनास्थल उद्धार कार्य जारी रहेको छ । भूमध्यसागरमा भएको उक्त दुर्घटना सवैभन्दा ठूलो दुर्घटना भएको मानिएको छ । मृत्यु हुनेको संख्या पुष्टी भएमा यो २०१५ मा अहिलेसम्म १५ सय भन्दा बढी हुनेछ ।

मिडिया रिपोर्टका अनुसार दुर्घटना इतालवी द्विप लम्पेदुसाबाट करिब १८० किलोमिटर टाढा दक्षिणी क्षेत्रमा शनिवार राती भएको हो ।

जहाजमा सवार अधिकांश आप्रवासी नागरिक रहेको बताइएको छ । माल्टाका प्रधानमन्त्री जोसफ मस्कटले ट्वीट गरी ६५० आप्रवासी नागरिक डुबेको बताएका छन् । साथै उनले गहिरो दुःख ब्यक्त गरेका छन् ।

उनै शरणार्थीको लागि संयुक्त राष्ट्र उच्चायोगका प्रवक्ता कार्लोटा सैमीले एक स्थानीय च्यानललाई यो ठूलो त्रासदी भएको बताएका छन् । यसअघि लिबियाबाट इटली गएको जहाज डुब्दा चार सय जनाको ज्यान गएको थियो । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment