Comments Add Comment

केटी जिस्काएको निहुँमा हत्या गर्ने पक्राउ

६ वैशाख, काठमाडौं ।  केटी जिस्काएको निहुँमा एक युवकको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजेन्द्र भन्ने भेष बहादुर पाण्डे छन् ।

गत मंसिर २७ गते गंगाहिटी स्थित सहायक गल्लिमा गोर्खालीसहितको समूहको कुटपिटबाट १९ वर्षीय आयुष गोर्खालीको मृत्यु भएको थियो ।

प्रहरीका अनुसार पाण्डे र अन्य २ जनाले मदिरा पिएर कोठातर्फ फर्कने क्रममा चावहिल गंगाहिटी नापी कार्यालय नजिकै पसलमा चुरोट किन्न लाग्दा आयुष गोर्खाली र उनका २ जना साथिहरुसँग भेट भएको थियो । पाण्डेको समूहले चुरोट किन्ने क्रममा केटी जिस्काएपछि गोर्खाली समूहसँग विवाद भएको थियो ।

झगडापछि केही पर पुगेर राजेन्द्र पाण्डेको समूहले काठको चिरपट ल्याएको र गोर्खालीको टाउको तथा शरिर हानेका थिए । घटनामा घाइते भएका उनको शिक्षण अस्पतालमा उपचारका क्रममा पुस ४ गते निधन भएको थियो ।

घटनापछि पाण्डे काभ्रे दोलालघाट गई वालुवाको काम गरिरहेको अवस्थामा प्रहरीले शनिबार पक्राउ गरेको हो । उनका अन्य साथीहरू भने फरार छन् । पाण्डेलाई महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment