Comments Add Comment

गुगल सर्च इन्जिनमा महत्वपूर्ण परिवर्तन

googleमंगलबारदेखि तपाइँले गुगल सर्च इन्जिनमा परिवर्तन देख्न पाउनुहुन्छ । यदि तपाइँ आफ्नो स्मार्टफोन तथा ट्याब्लेटबाट केही सर्च गर्दै हुनुहुन्छ र त्यसरी सर्च गर्दा गुगलले उपलब्ध गराउने नतिजामा तपाइँले खोजको वेबसाइट झ्वाट्ट देखा परेन भने अचम्म नमान्नुहोस् । तपाइँले गुगल सर्चमा खोजको वेबसाइट चर्चित नै किन नहोस् र तपाइँले खोजेका विषयवस्तुले युक्त किन नहोस् तर गुगलको सर्च रिजल्टमा त्यो देखा नपर्न सक्छ । यसको कारण हो गुगलको सर्च इन्जिनमा हुन लागेको परिवर्तन ।
गुगलले मंगलबारदेखि आफ्नो सर्च इन्जिनमा तात्विक परिवर्तन ल्याउँदैछ, जसमार्फत उसले मोबाइल फ्रेण्डली वेबसाइटहरुलाई प्राथमिकता दिनेछ ।

गुगलले त्यस्ता वेबसाइटलाई प्राथमिकता दिएर पहिलो पेजमै देखाइदिनेछ जो मोबाइल फ्रेण्डली छन् । गुगलले तय गरेको यस्तो मापदण्डमा नअट्ने वेबसाइटहरु चाहे निकै चर्चित नै किन नहोउस् तर सर्च पेजमा प्राथमिकता पाउने छैनन् र निकै तल मात्र भेटिनेछन् ।

यद्यपि गुगललको यो फर्मूला डेक्सटप तथा ल्यापटपमा भने लागु हुनेछैन । स्मार्टफोन र ट्याबलेटमा मात्र लागु हुनेछ । पछिल्ला दिनहरुमा स्मार्टफोन मार्फत इन्टरनेट चलाउने तथा ‘गुगलिङ’ गर्ने मानिसहरुको संख्या निकै बढेको हुँदा गुगलको यस्तो परिवर्तनले ‘युजर बिहेवियर’लाई प्रभावित गर्ने र त्यसले वेबसाइटका भिजिटरको संख्यामा पनि उल्लेख्य घटबढ गर्ने सम्भावना छ ।

गुगलको परिवर्तन कस्तो छ त ?

१. गुगलद्वारा तय गरिएको मापदण्डमा फिट हुने वेबसाइटहरु यस्ता हुनुपर्नेछ की जो मोबाइल डिभाइसमा तुरुन्तै लोड हुन्छन् ।

२. वेबसाइटका ‘कन्टेन्ट’ पढ्नका लागि सजिलै सँग पेजको तल वा माथि ‘स्क्रल’ गर्न सकियोस् । बायाँ तथा दायाँ स्क्रलिङ हुनु यो मापदण्ड विपरित हुन्छ ।

३. वेबसाइटमा कुनै कार्यका लागि बनाइएका बटन यस्तो हुनुपर्छ जो सानो स्क्रिनवाला मोबाइलमा पनि सजिलैसँग देखियोस् र क्लिक गर्न सकियोस् ।

गुगलको यो परिवर्तनले त्यस्ता वेबसाइटलाई सबैभन्दा बढि समस्या हुनेवाला छ जो डेक्सटप भर्सनलाई ध्यानमा राखी बनाइएको छ । यस्ता वेबसाइटको ग्राफिक्सलाई मोबाइलमा लोड हुन धेरै समय लाग्छ । यसका अलावा यस्ता वेबसाइटको टेक्स्ट पनि सानो स्त्रिmनमा पूरै फिट नभै दायाँ बायाँ सार्नुपर्छ ।

गुगलले अचानक यस्तो परिवर्तन गरेको होइन । गुगलले केही वर्षदेखि डिजिटल प्लेटर्फमसँग सम्बन्धित कम्पनीहरुलाई आग्रह गरिरहेको थियो की उनीहरुले मोबाइल प्रयोगकर्तालाई ध्यान दिएर आफ्ना वेबसाइट बनाउन् किनकी धेरै मानिसहरुले मोबाइलमा सर्च गर्दछन् । यो नयाँ सर्च फर्मूलाको जानकारी पनि २ महिना पहिले दिइएको थियो । गुगलले हरेक वेबसाइटको नयाँ फर्मुला अनुरुप तयार गर्नका लागि निर्देशिका पनि जारी गरेको थियो र त्यो सँगै परीक्षण टुल्स पनि जारी गरेको थियो ।

विश्लेषकहरुका अनुसार गुगलको यो बदलावपछि एकपटक डिजिटल वल्र्डमा फेरि होहल्ला मच्चिने पक्का छ । यसभन्दा पहिले गुगलले सन् २०११ र २०१२ मा गुगल सर्च इन्जिनमा ठूलो परिवर्तन गरेको थियो र त्यतिबेला पनि विवाद भएको थियो । त्यस समयमा गुगलले दाबी गरेको थियो की उसको उद्धेश्य भनेको गलत वेबसाइटहरुलाई सर्च रिजल्टबाट बाहिर निकाल्नु हो । तर कतिपय वेबसाइटहरुले भने गुगलको उक्त परिवर्तनले आफ्ना वेबसाइट कन्टेन्टहरुलाई गुगल सर्च पेजमा खराब र्यांकिङ प्राप्त हुँदा आफुहरुलाई ठूलो नोक्सानी भएको दाबी गरेका थिए । – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment