Comments Add Comment

नासाको अनौठो जागिर : ७० दिन ओछ्यानमा आराम गर्नुस् १८ लाख कमाउनुहोस्

nasaकल्पना गर्नुहोस् त, ७० दिनसम्म तपाइँलाई ओछ्यानमा आराम गरिरहन भनिन्छ र त्यसबापत झण्डै १८ लाख रुपैयाँ अर्थात् १८ हजार डलर भत्ता दिइन्छ । यो सायद कुनै दिवास्वप्न वा बेतुकको कल्पना जस्तो लाग्नसक्छ । तर यो कुनै दिवास्वप्न वा गफाडिको गफ होइन, साँचो कुरा हो ।

सुन्दैमा आश्चर्य लाग्छ । तर अमेरिकी अन्तरिक्ष संस्था नासाले यसलाई यथार्थमा परिणत गरिदिएको छ । नासाले आफ्नो एक अनुसन्धानका लागि यस्तो जागिरको अफर गरेको छ, जो सुन्दैमा पनि निकै आकर्षक, रमाइलो तथा अनौठो लाग्दछ ।

माइक्रोग्राभिटी अर्थात् सुक्ष्म गुरुत्वाकर्षणमा लामो समयसँा रहँदा त्यसले पार्ने प्रभावका विषयमा अनुसन्धान गर्नका लागि नासाले यो ‘बेड रेष्ट’ शीर्षकको अनुसन्धान डिजाइन गरेको हो ।

यो अध्ययनका क्रममा सहभागीहरुलाई ओछ्यानमा लगातार ७० दिनसम्म आराम गर्न लगाइन्छ । अर्थात् पूरै ७० दिनसम्म सहभागीहरु ओछ्यानमा पल्टिएर तेर्सो परेकै हुनुपर्छ, उठ्न पाइनेछैन ।

त्यस मार्फत अनुसन्धानकर्ताहरुले माइक्रोग्राभिटीको सरीरमा पर्ने असरका विषयमा अनुसन्धान गर्नेछन् । शुन्य गुरुत्वाकर्षणको स्थितिमा मांसेपेशी, मुटु तथा हड्डीमा पार्ने प्रभाव र नकारात्मक असर घटाउनका लागि अन्तरीक्षयात्रीले गर्नुपर्ने व्यायामको तरिका पत्ता लगाउन अनुसन्धानले सहयोग गर्नेछ ।

७० दिनसम्म सुतिरहँदा जिउ नकुँजियोस् भन्नका लागि यताउति पल्टिने सुविधा भने प्रदान गरिएको छ । तर टाउको भने उठाउन पाइनेछैन । टाउको अलिक तल लगेर पछिल्लो भागबाट केही पटकको लागि खुट्टा भने उठाउन पाइने छ । नुहाउनका लागि बाथरुममा जाने कुरै भएन । सुतेरै नुहाउनु पर्नेछ र त्यसका लागि ह्याण्ड सावरको व्यवस्था गरिनेछ ।

यद्यपि यो जागिर केवल अमेरिकाका बासिन्दाले मात्र खान पाउनेछन् । फिटनेस परीक्षण पास हुने तथा अन्तरीक्षयात्रीको जस्तै स्वस्थ शारीरिक अवस्था भएको मानिस मात्र छनोट गरिनेछ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment