Comments Add Comment

हत्यापछि आत्महत्याः किन गर्छन् कोही मानिस ?

aatmaफ्रान्सको पहाडमा जर्मन एयरलाइन्सको जहाज ठोक्काएर आफु सहित १ सय ४९ जनाको ज्यान लिने को पाइलट २७ वर्षीय एन्डि्रयस लुबिट्जको बर्बरतापूर्ण नरसंहारकारी कार्यमा मानिसले हत्यापछि किन आत्महत्या गर्छ भन्ने प्रश्न उठेको छ ।

फ्रान्समा भएको यो नरसंहारको जाँचसँग सम्बद्ध खबरहरुका बीच जर्मन प्रहरीले लुबिट्जका अभिभावको घरबाट विभिन्न सबूत प्रमाणहरु प्रहरीले बरामद गरेर लगेको देखाइयो । यस्तो लाग्यो की जाँचकर्ताहरु यो मामिलाको जडतथ्य सम्म पुगिसकेका छन् ।

यद्यपि एन्डि्रयसको यो मामिला हत्यापछि आत्महत्याको घटना हो । यो एक फरक घटना हो, जुन निकै कम मात्र हुन्छ ।

यस्तो घटनामा एकजना मानिस जो आफ्नो जिन्दगी सिध्याउन चाहन्छ र अरुको पनि ज्यान लिन्छ । यसरी मारिएका मानिसहरु पूर्णरुपमा निर्दोष हुन्छन् ।

तथ्यांकका अनुसार हत्यापछि आत्महत्याका धेरैजसो घटनाहरु घरेलु कारणले गर्दा हुन्छन् र यसमा कोही पुरुष तथा उनका श्रीमतीहरु सामेल हुन्छन् ।

यस्तो घटना जहाँ कोही पाइलट सहभागी हुन्छ वा बन्दुकले कत्लेआम गरिन्छ, त्यो निकै नै विरलै हुन्छ ।

आखिर प्रश्न उठ्छ, किन कोही मानिसले यसो गर्छ ? घटनाको गुह्य तथ्य सम्म पुग्नका लागि लगभग असम्भव जस्तै हुन्छ किनकी हरेक घटनामा फरक फरक कारण हुन्छन् । त्यस्तै अपराधी पनि मरिसकेको हुन्छ र कारण बनाउने मानिस बँचेको हुँदैन ।

ठीक यसको विपरित आत्मघाती बम हमलाकारीले भने निकै नै सोँचविचार गरी काम गर्दछ । जबकी हत्यापछि आत्महत्या गर्ने मानिसको बारेमा बुझ्नु निकै कठीन काम हो ।

कसैले पनि बताउन सक्दैन की एन्डि्रयस लुबिट्जको मनमा आखिर के थियो ? उनले ककपिटको ढोका किन बन्द गरे र हवाइजहाजलाई तल खसालेर सबैको ज्यान लिए ?

बेलायतको रोयल कलेज अफ साइकियाटि्रक्सका अध्यक्ष सिमोन भ्यासलीका अनुसार यसको कारण सायदै जान्न सकिएला ।

यद्यपि केही जानकारीहरु भने बाहिर आउन सम्भव हुन्छ । उनका अनुसार आत्महत्या अघि धेरै मानिसले केही न केही सन्देश छाडेका हुन्छन् । तर यस्तो प्रकारका अविश्वसनीय घटनाहरुका बारेमा पक्कापक्की तरिकाले केही भनिहाल्न सकिँदैन ।

व्यक्तित्वको समस्या

यसको बाबजुत मिडियाहरुले एन्डि्रयस लुबिट्जलाई डिप्रेसनको समस्या रहेको विषयमा औँलो ठड्याएका छन् । जर्मनीका अखबारहरुले लेखेका छन् की एन्डि्रयस लुबिट्जको मानसिक उपचार भैरहेको थियो र उनको निजी जिवनमा पनि समस्या चलिरहेको छ ।

वास्तवमा यस्ता केही कुराहरु हुनसक्छन् । उनको भावना तथा व्यक्तित्वको समस्या, जसका कारण उनी यस्तो खाले चरम सिमामा पुग्दछ ।

रक्सीको लत, लागुऔषधको असर, भंग भएको सम्बन्ध तथा कामको दबाब पनि यसका कारण हुन सक्छन् ।

डिप्रेसनको सिकार

यो अतीतका कुनै घटनाको कारण हुनसक्छ वा वर्तमानको कुनै समस्याका कारण पनि हुनसक्छ ।

मानसिक स्वास्थ्यका लागि काम गरिरहेका संस्थाहरुका अनुसार यस्तो खाले घटनामा डिप्रेसनको भूमिका नरहन सक्छ । किनकी डिप्रेसनको सिकार भएका धेरै मानिसहरुले आफु बाहेक अरु मानिसलाई नोक्सान पूराउँदैनन् । डिप्रेसनग्रस्त मानिसको प्रमुख खतरा आफैसम्म सिमित हुन्छ । -बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment