Comments Add Comment

आईपीएलमा मुम्बईको पहिलो जित

Mumbai Indians

७ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिगमा मुम्बई इण्डियन्सले पहिलो जित हात पारेको छ ।

सुरुवाति चार खेल गुमाएको मुम्बईले आइतबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई १८ रनले पराजित गरेको हो ।

गत सिजनको भन्दा एक खेल अघि नै मुम्बईले जितको सिलसिला सुरु गरेको छ । गत सिजन उसले लगातार पाँच खेल गुमाएको थियो ।

बैंग्लोरको चिन्नास्वामी स्टेडियममा पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर २०९ रन बनायो । उसका लागि ओपनर लेन्डल सिमन्सले ५९ रन बनाए भने उन्मुक्त चन्दले ५८ रन जोडे ।

रोहित शर्माले ४२ रन जोडे । बैंग्लोरका डेभिड वाइजले ४ विकेट लिए भने एस चाहलले २ विकेट लिए ।

जवाफमा मैदान उत्रिएको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाएर १९१ रन मात्र बनाउन सक्यो । उसका लागि डेभिड वाइजले अविजित ४७ रन जोडे भने एबी डिभिलियर्सले ४१ रन बनाए ।

मुम्बईका हरभजन सिंहले ३ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment