+
+

एनएमबी बैंकले सञ्चालन गर्‍यो हेरिटेज वाक

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख ७ गते ८:११

NMB-bank0

७ बैशाख, काठमाडौं । विश्व सम्पदा दिवसको अवसरमा एनएमबी बैंकले ‘एनएमबी बैंक हेरिटेज वाक’ सम्पन्न गरेको छ । ललितपुर उपमहानगरपालिकासँगको सहकार्यमा शनिबार एनएमबी बैंक हेरिटेज वाक सञ्चालन गरिएको थियो ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता अन्तर्गत विगतका केही वर्षदेखि विभिन्न सम्पदाहरुको संरक्षणका लागि काम गर्दै आएको छ ।

NMB-bank11

प्रथम पटक बैंकको १६ औं वाषिर्कोत्सवको अवसरमा हेरिटेज वाक आयोजना गरेपछि तीन वर्षदेखि काठमाडौं महानगरपालिकाको सहकार्यमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले जनाएको छ ।

बैंकका संचालक समितिका सदस्य एवं कार्यक्रमका प्रमुख प्रायोजकद्वय वरुण वेभरेजेज नेपाल प्रा.लि. तथा इन्टिग्रेटेड मोबिलिटी सोल्युसन्स प्रा.लि.का प्रतिनिधिहरुले बैंकको प्रधान कार्यालय बबरमहलमा रुपमा रिबन काटेर चौथो ‘एनएमबि बैंक हेरिटेज वाक २०१५’को उद्घाटन गरेका थिए । हेरिटेज वाक बबरमहलबाट सुरु भई थापाथली, कुपन्डोल, पुलचोक, पूर्णचन्डी, कुमारीपाटी, इट्टीटोल हुँदै पाटन दरबार स्क्वायर पुगी समापन समारोहमा परिणत भएको थियो ।

NMB-bank1

पाटन दरबार स्क्वायरमा आयोजित कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशी, ललितपुर उपमहानगरपालिका कार्यालयका निमित्त प्रमुख रुद्रप्रसाद गौतम, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दहाल, नेपालस्थित युनेस्कोका प्रतिनिधिहरु, एनएमबि बैंकका संचालक तथा प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्यालले नेपाली सम्पदाको अवस्थाका बारेमा धारणा राख्दै संरक्षणमा एकजुट भएर लाग्नु पर्ने बताएका थिए ।

कार्यक्रममा संस्कृतिविद् जोशीको अभिनन्दन गर्दै उहाँद्वारा संचालित संस्था लोकसाहित्य परिषदलाई बैंकले २५ हजार रुपैयाँ प्रदान गरेको छ ।

NMB-bank2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?