Comments Add Comment

स्वाइन फ्लुबाट मुक्त भएपछि सोनमले सुटिङ थालिन्

sonam-kapoor

मुम्बई । डेढ महिनाअघि स्वाईन फ्लुवाट संक्रमित नायिका सोनम कपुरले सुटिङ सुरु गरेकी छिन् । लामो समय आराम गरेपछि उनी अहिले पूर्ण स्वस्थ बनेकी छिन् ।

सन् १९८६ मा पेन एम उडानमा आतंकवादी हमला हुादा आतंकवादीवाट यात्रुलाई बचाउने क्रममा मृत्यु भोगेकी विमान परिचारिका नीरजा भनोटको जीवनमा आधारित चलचित्रमा सोनमले मुख्य भुमिका निर्वाह गर्ने भएकी छिन् ।

नीरजाको भुमिकामा देखिन पाएकोमा खुसी ब्यक्त गर्दै उनले ट्वीट गरेकी छिन् ‘नीरजा भनोटको पहिलो दिन, धन्यबाद फक्स स्टार यो यात्रा सफल बनाएकोमा ।’

फेशन फोटोग्राफरवाट फिल्म निर्माता बनेका कासबेकरले यो फिल्म बनाउन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment