Comments Add Comment

निखिलको कमब्याकदेखि करोडको ‘चंखे’सम्म, जेठमा चलचित्र नै चलचित्र

nepali-heorin
राम्रा र आशा गरिएका चलचित्र एउटै महिनामा प्रदर्शनमा आउँदा त्यसले चलचित्र क्षेत्रलाई खासै सुखद सन्देश दिदैन । यसमाथि बलिउड र हलिउडको प्रभाव त नेपाली बजारमा छदै छ ।

तर, जेठ महिना नेपाली चलचित्रका लागि यस्तै हुने देखिएको छ । यो महिनामा प्रदर्शनमा आउने अधिकांश चलचित्रलाई प्रतिक्षित भनिएको छ । तर, ५ वटा शुक्रबार एकपछि अर्को लगातार चलचित्र प्रदर्शनमा आउँदा त्यसले कसलाई फाइदा र कसलाई घाटा गर्ला, समयले नै बताउनेछ ।

जेठ १ गते करोड माथिको बजेटमा तयार भएको भनिएको ‘चंखे शंखे पंखे’ प्रदर्शनमा आउँदैछ । कमेडी र राष्ट्रियताको कथा बोकेको यो चलचित्रले निर्मातालाई वचाउन पनि कम्तीमा ४ करोडको व्यापार गर्नुपर्छ । तर, वैशाख २५ मा चल्ने ‘होस्टेल रिटन्र्स’ले दर्शक हलसम्म तानेको खण्डमा यो कमेडी चलचित्रलाई केही असर गर्न सक्छ । यही दिन चलचित्र ‘कामचोर’ पनि लाग्दैछ ।

प्रदर्शन मिति तय गरेर बसेको अर्को चलचित्र ‘अधकट्टी’ पनि हो । कमेडी कथामा तयार भएको यो चलचित्र जेठ ८ गतेबाट प्रदर्शनमा आउँदैछ । लामो समयको प्रतिक्षा पछि प्रदर्शनमा आउन लागेको यो चलचित्रको व्यापार पनि धेरैका लागि महत्वपूर्ण छ ।

यसको एक सातामै पूर्व मिस नेपाल माल्भिका सुब्बाले निर्माण गरेको चलचित्र ‘हाउ फन्नी’ प्रदर्शनमा आउँदैछ । यो पनि पूर्णतया कमेडी चलचित्र हो । लगातार ३ कमेडी चलचित्र एकपछि अर्को सातामा प्रदर्शनमा आउँदैछन् । nikhil-upreti
यसको एक सातामै नायक निखिल उप्रेतीको कमब्याक चलचित्र ‘भैरव’ प्रदर्शनमा आउँदैछ । निखिल उप्रेतीको नै निर्देशन रहेको यो चलचित्रको ट्रेलर त सार्वजनिक भएको छैन । तर, ट्रेलर हेर्ने केही चलचित्रकर्मी भन्छन्, एक्सन त बबालै छ । निखिलका लागि यो चलचित्र चल्नु अत्यन्त आवश्यक छ ।

यसको एक सातामै डब्बु क्षेत्रीको निर्देशनमा बनेको ‘राहादानी’ र ऋषिराज आचार्यको निर्देशनमा बनेको ‘सपना तिम्रो मेरो’ प्रदर्शनमा आउँदैछ । यसरी हेर्दा हालसम्म ७ वटा चलचित्रले जेठ महिनामा प्रदर्शन मिति तोकेका छन् । अन्य चलचित्र पनि विचमा प्रदर्शन हुनु नेपाली चलचित्रका लागि नयाँ होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment