Comments Add Comment

सिड्नीमा ज्ञवालीले भने- यही वर्ष संविधान आउँछ

prawasi munch-austreliyaसिड्नी । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले २०७२ सालभित्र देशले नयाँ संविधान पाउने बताएका छन् । अष्टे्रलियाको सिड्नीमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दलहरुबीच धेरै मतान्तर नरहेकोले ०७२ सालभित्रै संविधान बन्ने दावी गरे ।

प्रवासी नेपाली मञ्च अष्ट्रेलियाको आयोजनामा सिड्नीमा भएको कार्यक्रममा उनले केही विचारहरुका कारण समस्या निम्तिएको भए पनि त्यसलाई व्यवस्थापन गर्न सक्ने विश्वास दिलाए ।

ज्ञवालीले सर्वसम्मतिमा संविधान जारी हुने अवस्था नभएकोले अधिकतम सहमतिका आधारमा अघि बढ्ने पनि बताए । संविधानमा सहमति हुन नसकेका विषयलाई जनतामा लैजाने र मतका आधारमा आगामी दिनमा संविधान संशोधन गर्दै अघि बढ्न सकिने उनले बताए ।

लोकतन्त्रको सर्वमान्य सिद्धान्तलाई पनि मान्दिन भन्ने केही प्रवृत्ति र देशभित्र हरेक जाति एउटा राष्ट्र भएको भन्ने गलत व्याख्याका कारण संविधान निर्माणमा हलो अडि्कएको उनले बताए । एमाले नेता ज्ञवालीले अहिले गुम्ने होइन दलहरु अलिकति लचकता प्रदर्शन गर्ने अवस्थामा आउने बित्तिकै कम्तिमा हिजोको आन्दोलनका सहयात्री दलहरुबीच सहमति बन्न सक्ने बताए ।

संघीयताको विरोधीहरु अहिलेको संविधानसभामा निकै कमजोर रहेको र राजतन्त्र माग्नेहरु पनि कम मतमा रहेका कारण आन्दोलनका सहयात्री मिल्नुको विकल्प नरहेको उनको भनाई थियो ।

कार्यक्रममा संघीय समाजवादी पार्टीका अध्यक्ष गणेश तामाङ, निन्फाका अध्यक्ष चित्र तुम्बाहाम्फे, एनआरएन प्रवक्ता मन केसी, एनआरएन अष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओली, लिबरल फ्रेण्ड्स अफ नेपालका अध्यक्ष श्री नापित, न्यू साउथवेल्सका लागि अवैतनिक महावाणिज्यदूत दीपक खड्का लगायतको उपस्थिति थियो ।

करिब तीनसाता लामो अष्ट्रेलिया भ्रमणको क्रममा बि्रसबेनको अन्तरक्रियापछि सिड्नी आएका ज्ञवाली अष्ट्रेलियाका अन्य राज्यहरुमा आयोजना गरिएको अन्तरक्रियामा सहभागी हुने कार्यक्रम रहेको प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका सचिवालय सदस्य रमेश पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment