Comments Add Comment

टाइप गर्नु नपर्ने नेपाली किबोर्ड, हातले लेखेझैं सजिलो

google-handwriting-1स्मार्टफोन र ट्याबलेटमा नेपालीमा टाइप गर्नु अझै पनि कठिन काम हो । केही नेपाली किबोर्डहरुले यसलाई सजिलो बनाइदिए पनि सानो स्त्रिmनमा एकएक अक्षर टाइप गरिरहनु झण्झटिलो छ ।
तर, अब तपाईंले यो समस्याबाट मुक्ति पाउँदै हुनुहुन्छ ।
गुगलले हालै सार्वजनिक गरेको एक एपमार्फत् तपाईं हातले कपीमा लेखेझैं फटाफट नेपाली टाइप गर्न सक्नुहुन्छ ।
गुगल प्ले स्टोरमा उपलब्ध ‘हेण्ड राइटिङ इनपुट’ नामक यो एप डाउनलोड गरेपछि तपाई आफ्नो औंलाले टचस्त्रिmनमा फटाफट नेपालीमा लेख्न सक्नुहुन्छ ।
मोबाइल तथा ट्याबलेटले तपाईले लेखेको अक्षरलाई तुरन्तै पढेर स्टाण्डर्ड फण्टमा रुपान्तर गरिदिने छ । अर्थात् तपाईले नेपालीमा के लेख्नुभयो भन्ने यसले सजिलै बुझ्ने छ ।
कम्प्युटर तथा मोबाइलमा टाइप गर्न थालेका कारण लामो समयदेखि हातले लेखेको अक्षरको अनुभव लिन पाउनुभएको छैन भने अब तपाईले आफ्नो डिभाइसलाई कपी ठानेर मजाले लेख्न सक्नुहुन्छ । यसले स्टाण्डर्ड प्रिन्टिङ नेपाली वा स्टाइलिस अक्षरसमेत सजिलै बुझ्न सक्छ ।
गुगल प्लेस्टोरबाट यो एप डाउनलोड गरेपछि मोबाइलको भाषा सेटिङमा गई नेपाली भाषा छनौट गर्नुपर्छ । त्यसपछि नेपाली भाषाका लागि बेग्लै प्याकेज डाउनलोड हुने छ । यदि कुनै प्रयोगकर्ताको मोबाइलबाट सर्च गर्दा हेण्डराइटिङ इनपुट एप प्ले स्टोरमा देखिएन भने एपीके मिररको यो लिंकमा गएर डाउनलोड गर्न सकिन्छ ।
गुगलले सार्वजनिक गरेको हेण्डराइटिङ इनपुट किबोर्ड नेपालीसहित ८२ भाषामा उपवब्ध छ । तत्कालका लागि यो एप एन्ड्रोइड अपरेटिङ सिस्टमका लागि मात्र उपलब्ध यो एप एन्ड्रोइडको ४.३ भर्सनभन्दा माथिको अपरेटिङ सिस्टममा मात्र चल्दछ ।
स्टोरमा अपलोड गरेको तीन दिनमै झण्डै पाँच लाखले यो एप डाउनलोड गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment