Comments Add Comment

कोलोराडोमा ‘नेपाल डे परेड’

colorado-1अमेरीका । अमेरिकाको कोलोराडो निवासी नेपालीहरुले कालोराडोको बोल्डरमा “नेपाल डे परेड” मनाएका छन् । नयाँ वर्ष २०७२ को उपलक्ष्यमा नेपालीहरुले नेपाल डे मनाएका हुन् ।

बोल्डर काउन्ट्रिका कमिस्नर देव ग्राडनर, नेपाली राजदूतावासका मिनिष्टर काउन्सिलर नारायणप्रसाद मैनाली तथा स्थानीय संघ संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको “नेपाल डे परेड”मा बोल्डरमा बसेका नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

भौगोलीक हिसावले नेपालसँग मिल्दोजुल्दो सहर बोल्डरमा आयोजित परेड कार्यक्रममा नेपालीहरुले नेपाल र अमेरीकाको झण्डा, प्लेकार्ड ब्यानर बोकी , वैद्धिक सनातन भजनमण्डलीको संगीतको तालमा नेपाली भजन गाउँदै नगर परिक्रमा गरेका थिए ।

स्थानीय खुल्लामञ्चबाट सुरु भएको परेडमा सहभागी कतिपय नेपालीहरु दैारा सुरुवाल, ढाकाटोपी, गन्यूचोलीे लगाएर आएका थिए भने, केही आ-आफ्नो जातीय पहिरहनमा सजिएका थिए । झण्डै तीन सय नेपालीको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाल र नेपाली संस्कृतीप्रति मायाँ र सद्भाव राख्ने अमेरीकी नागरिकहरुको पनि सहभागिता थियो ।

colorado-2कोलोराडोस्थित बोल्डर सिटी एण्ड काउन्ट्रीको कार्यालयको आयोजनामा सन् २००४ देखि हरेक वर्ष अपि्रल तेस्रो साता नेपालीहरुले नयाँ वर्षको उपलक्ष्यमा “नेपाल डे परेड” गर्ने गर्दछन् ।

परेडपछि आयोजित कार्यक्रममा बोलदै मिनिष्टर काउन्सिलर नारायणप्रसाद मैनालीले यस्ता कार्यक्रमले दुई देशबीचको संस्कृती आदानप्रदानमा महत्वपुर्ण टेवा पुग्ने बताए ।

त्यसैगरी बैद्धिक सनातन भजन मण्डलीका अध्यक्ष हरि उप्रेतीले आफूहरु भुटनिज भए पनि आफ्ना पुर्खा नेपालबाटै भुटान गएका र आफूहरु पुनः नेपाल हुँदै अमेरीका आएको भन्दै आफूहरु नेपाली नै भएको बताए ।

नेपालीहरुका दिवस भनेर अमरीकी सरकारबाट स्विकृत भएको यो पहिलो र एक मात्र सुचीकृत कार्यक्रम हो । बोल्डर नगरमा नेपालीहरुको संख्या बढ्दै गएपछि नेपालीपन र नेपालको पहिचाहन गराउने उद्देेश्य लिई हेल्पीङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठको सक्रियतामा यो कार्यक्रम सुरु गरिएको हो । कार्यक्रम आयोजना गर्न नवराज श्रेष्ठको संयोजकत्वामा ११ सदस्यीय समिति गठन गरिएको थियो ।

–नातिबाबु भट्टबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment