Comments Add Comment

असार मसान्तसम्म संविधान आउँछ : ओली

KP-OLI

७ चैत, नवलपरासी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार मसान्तसम्म संविधान जारी हुने बताएका छन् । उनले जेठ १५ भित्र संविधान जारी गर्ने सम्भावना टरेको बताउँदै असार मसान्तसम्ममा जसरी पनि संविधान जारी गर्ने बताए ।

सोमबार नवलपरासीको कावासोतीमा मदन भण्डारी स्पोर्ट एकेडमीद्वारा आयोजित जनवादी सांस्कृतिक कार्यक्रममा ओलीले भने, ‘जेठ १० गतेबाट संविधान मस्यौदा लेखन प्रक्रियामा जान्छ ।’

संविधान निर्माणका लागि प्रक्रियामा जानुको विकल्प नभएको ओलीले दोहोर्‍याए । त्यसका लागि सहमति भइसकेका विषयलाई मस्यौदा लेखन समितिमा पठाएर सहमति हुन बाँकी विषयलाई पुनः सहमति खोज्ने गरी प्रक्रियामा जानु पर्नेमा ओलीको जोड थियो ।

तीन दलबीच सहमति भएको विषयलाई मस्यौदा लेखन समितिमा पठाएर सहमति हुन बाँकी विषयलाई पक्रियामा गएर टुंगाउंदै जाने सहमति भएको दावी समेत गरे । उनले संविधान नबनेसम्म अहिलेको संविधान सभा अन्त्य नहुने स्पष्ट पारे ।

कार्यक्रममा एकीकृत नेकपा माओवादी छाडेर एमालेमा प्रवेश गर्नेहरुलाई स्वागत समेत गरिएको थियो ।
– रामकुमार श्रेष्ठबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment