Comments Add Comment

एलजीले भित्रायो ‘जि ३ स्टाइल्स’ स्मार्टफोन

LG-G-3-styles-Mobile-Lunching-
७ चैत, काठमाडौं । एलजीको नयाँ स्मार्टफोन ‘जि ३ स्टाइल्स’ नेपाली बजारमा भित्रिएको छ । आकर्षक वनाट तर अत्याधुनिक डिजाइनयूक्त उक्त स्मार्टफोन सीजी इम्पेक्सले भित्राएको हो ।

नेपाली बजारमा जि ३ स्टाइल्सको मूल्य २९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । यसमा ५.५ इञ्चको आइपीएस स्क्रिन रहेको छ । जसमा ५४०×९६० पीक्सल रेजोलुसन छ ।

दुई सिम प्रयोग गर्न मिल्ने यो स्मार्टफोन ४.४.२  किटक्याट अपरेटिङ सिष्टममा चल्छ । यसमा १.३ गीगाहर्ज क्वार्ड कोर प्रोसेसर, १ जीबी र्‍याम र ८ जीबी रोम, अगाडि १.३ मेगापिक्सल र पछाडि १३ मेगापिक्सल एलइडी फ्लास क्यामेरा, ३००० एमएएच क्षमताको ब्याट्री लगायतका सुविधाहरु रहेका छन् ।

यसबाहेक स्मार्टफोनमा ‘नक अन’, ‘स्टाइलस टच पेन’, ‘क्वीक मेमो’ गेस्ट मोडजस्ता विशेषताहरु पनि रहेका छन् । नक अनका कारण डिस्प्लेमा विस्तारै दुई पटक नक गर्दा डिस्प्ले खुल्ने र बन्द हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment