Comments Add Comment

भर्ना शुल्क फिर्ता लिने सहमति प्याब्सनले नमान्ने

७ वैशाख, काठमाडौं । विद्यार्थी संगठन र सरकारबीच विद्यार्थी भर्ना शुल्क फिर्ता लिने सहमति निजी विद्यालयहरुको संस्था प्याब्सनले नमान्ने भएको छ ।

आइतबार साँझ शिक्षा मन्त्रालय, शिक्षा विभाग र विद्यार्थी संगठनका प्रतिनिधिहरुबीच भएको वार्तामा भर्ना शुल्क फिर्ता लिने लगायतका १० बुँदे सहमति भएको थियो ।

त्यसबारे छलफल गर्न सोमबार प्याब्सन पदाधिकारीको बैठक बसेको थियो । बैठकमा सहभागीका प्याब्सनका एक पदाधिकारीले भने, ‘हामी शुल्क फिर्ताको पक्षमा छैनौं ।’ महंगी, शिक्षक शिक्षिका लगायतका कर्मचारीहरुको तलब बृद्धि लगायतका कारण शुल्क बढाउनु आफूहरुको बाध्यता भएको उनले तर्क गरे ।

आइतबार साँझ विद्यार्थी संघ संगठनहरुसँग भएको सहमति पत्रमा विद्यालय सन्चालकहरुका प्रतिनिधिको हस्ताक्षर छैन । अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीको रोहवरमा भएको वार्तामा शिक्षा मन्त्रालयका सहसचिव हरिप्रसाद लम्साल, शिक्षा विभागका महानिर्देशक डिल्लीराम रिमाल र ११ विद्यार्थी संघ संगठनका नेताहरुले हस्ताक्षर गरेका छन् ।

हेर्नुहोस् सहमति पत्र

Agreement-with-Students-and

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment