Comments Add Comment

बेलुकीको खाना ढिलो खानुहुन्छ ? सावधान, स्तन क्यान्सर हुनसक्छ

dinner-cancer

रात अबेर मात्र बेलुकीको खाना (डिनर) खाने वा रातको समयमा विभिन्न खाले तयारी खानेकुराहरु खानु महिलाको स्वास्थ्यको लागि हानिकारक हुने र यसले महिलामा स्तन क्यान्सरको जोखिम बढाउने एक अध्ययनले देखाएको छ ।

अमेरिकी अनुसन्धानकर्ताहरुका अनुसार निश्चित तालिका अनुसार खानेकुरा खाने तथा बेलुकीको खाना छिटै लिने बानीले स्तन क्यान्सरको जोखिम घटाउँदछ ।

बेलुकीको खाना र अर्को बिहानको खाजाको बीचको समय जति धेरै भयो स्तन क्यान्सरको जोखिम उति नै कम हुने अध्ययनले देखाएको छ ।

शोधकर्ताहरुका अनुसार बेलुका छिटै खानेकुरा खाने र रातभर कुनैपनि खानेकुरा नखाइ अर्को बिहानमात्रै ब्रेकफास्ट लिने महिलाहरुको रगतमा चिनीको मात्रा समेत सन्तुलित रहेको पाइएको छ ।

रातको समयमा हरेक ३ घण्टाको निराहार बसाइले रगतमा ग्लुकोजको मात्रा ४ प्रतिशतले घटाउँछ । यसअघिका विभिन्न अध्ययनले समेत रगतमा चिनीको मात्रा उच्च हुने महिलामा स्तन क्यान्सरको जोखिम बढि रहने देखाइसकेको छ ।

युनिभर्सिटी अफ क्यालिफोर्नियास्थित सान डिएगो स्कुल अफ मेडिसिनकी शोधकर्ता क्याथयिरन म्यारिनेकका अनुसार बेलुकी छिटै डिनर खानु र रातभर निराहार बस्नु महिलाको लागि स्तन क्यान्सरकोजोखिम घटाउने नयाँ रणनीति सावित हुनसक्छ ।

धेरै महिलाले बुझ्ने तथा अँगाल्न सक्ने खानपानको परिवर्तनले स्वास्थ्यमा ठूलो प्रभाव पार्नसक्ने भन्दै उनले यसबाट क्यालोरी तथा पोषक तत्वको जटिल मापनको झण्झट नै नहुने बताइन् ।

शोधकर्ताका अनुसार रातो मासुको सेवन नगर्ने तथा अल्कोहलको सेवनलाई समेत नियन्त्रित गरी वनस्पतीजन्य खाद्यपदार्थको मात्रा बढाउन सकिएमा क्यान्सर जोखिम घटाउन सकिन्छ । तर यो नयाँ अध्ययनले भने के चिज खाइन्छ भन्ने कुराले मात्र नभै कहिले खाइन्छ भन्ने कुराले समेत क्यान्सरको जोखिम घटबढ गराउन भूमिका खेल्ने देखाएको छ ।

यो शोध क्यान्सर इपिडिमियोलोजी, बायोमार्कर्स् एण्ड पि्रभेन्सन जर्नलमा छापिएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment