Comments Add Comment

प्लास्टिकका झोला बोक्नेलाई ठग्नेहरु सक्रिय

plastik

८ बैशाख, काठमाडौं । बागबजारका पिउस चौधरी आइतबार न्युरोडबाट प्लास्टिकको झोलामा सामान राखेर घरतर्फ जाँदा रत्नपार्कमा एक अपरिचित व्यक्तिले रोक्दै भने, ‘सरकारले प्लास्टिकको झोलामाथि प्रतिबन्ध लगाएको छ, तपाईंले नियम तोडेर प्लास्टिकको झोला प्रयोग गर्नुभयो, अब ५० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्छ ।’ चौधरी अक्क न बक्क परेलगत्तै ती व्यक्तिले खुसुक्क भने, ‘बरु सुटुक्क २/३ हजार दिनुहोस, यो कुरा माथि जाँदैन् ।’

अपरिचितको कुरा सुनेर चौधरी एकछिन अलमलमा परे पनि लगत्तै सम्हालिए । उनले तपाईं सरकारी कर्मचारी हो भने पहिले मलाई परिचयपत्र देखाउनुहोस्,’ भनेर कडि्किएपछि त्यो अपरिचित व्यक्ति बाटो लाग्यो । उनले नजिकैको प्रहरीलाई सुनाए पनि उक्त अपरिचित व्यक्ति भीडमा हराइसकेको थियो । उनलाई मात्र होइन तनहुँका सुरेन्द्र केसी पनि यो घटना भोग्न बाध्य भए ।

बालाजुबाट फलफूल किनेर फर्कने क्रममा साँझपख बाटोमा सरकारी कर्मचारी बताउने एक व्यक्तिले प्लास्टिकको झोला प्रयोग गरेबापत रकम असुल्यो । ‘सुरुमा त म सरकारी कर्मचारी हुँ, पाँच हजार दिनुहोस् तपाईंलाई कारबाही हुन्न भन्यो,’ उनले भने, ‘मसँग ४५० रुपैयाँ थियो, यही भए पनि हुन्छ भन्यो, कारबाही हुने डरले आफूसँग भएकेा पैसा दिए ।’ उनी भने कतै पनि उजुरी नगरी निवास लैनचौर फर्किए ।

चौधरी र केसीजस्ता धेरै नै पछिल्लो समय ठगीमा परिरहेका छन् । सरकारले राजधानीमा प्लास्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाएपछि ठगिनेको संख्या बढ्दै छ । सरकारले काठमाडौं उपत्यकामा प्लास्टिक झोला प्रतिबन्धलाई प्रभावकारी बनाउन बजार अनुगमन प्राथमिकताका साथ अगाडि बढाइरहेको कारोबारमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment