Comments Add Comment

सर्वसाधारणले ऋण पाउँदैनन्, सरकारलाई दिन पैसा फालाफाल

money_nepalii

८ वैशाख, काठमाडौ । बैंक तथा वित्तीय संस्थामा जनतालाई कर्जा दिन नभए पनि सरकारलाई कर्जा दिन भने फालाफाल पैसा छ ।

अहिले अधिकांश बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८० प्रतिशतको हाराहारीमा पुगेका कारण सर्वसाधारणले कर्जा नपाउने अवस्था छ ।

राष्ट्र बैंकको ब्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले पुँजी र निक्षेपको ८० प्रतिशत मात्र रकम सर्वसाधारणलाई कर्जा दिन पाउँछन् । बाँकी २० प्रतिशत रकममा सरकारी ऋणपत्र तथा वित्तीय संस्थामा राख्नुपर्छ, अन्नपूर्ण पोष्टमा खबर छ ।

विकास खर्च नभएका कारणले भने सरकार एक प्रतिशत ब्याजदरमा पाउने ऋणलाई उपयोग गर्न सकेको छैन । बैंक तथा वित्तीय संस्थामा अहिले सर्वसाधारणलाई कर्जा प्रवाह गर्न पैसा नभएको र सरकारी ऋणपत्रमा लागानी गर्न पैसा भएको अवस्था छ । अघिल्लो वर्ष पनि सरकारले तोकिएको आन्तरिक ऋण उठाएको थिएन भने यो वर्ष पनि उठाउने सम्भावना कम छ ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल सीडी रेसियो ८० प्रतिशतमा राख्नुपर्ने ब्यवस्थाका कारण अहिले सर्वसाधारणले भन्दा सरकारले फाइदा उठाएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment