Comments Add Comment

मंगलबारका छापामा बिजनेस खबर

राजधानीबाट मंगलबार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले दैनिकमा घरजग्गामा सुधार, नगरकोटमा लक्जरी रिसोर्ट सञ्चालनको तयारी, नेपाल लगानीका लागि आकर्षक गन्तब्य, खराब कम्पनी धमाधम कालोसूचीमा शीर्षकमा प्रमुख खबर छापेका छन् ।

कारोबार दैनिकमा घरजग्गामा सुधार, सरकारी लगानी बालुवामा पानी, प्लाष्टिक झोला बोक्नेलाई ठग्नेहरु सक्रिय, इनभेस्टमेन्टले भूपू सैनिकलाई ५ वर्षमा साढे चार अर्ब लगानी गर्ने, १६ आयोजनाको पीपीए खारेज, नयाँ स्वरुपमा नानो कार, सेयर बजार घट्ने क्रम जारी लगायतका खबर छन् ।

आर्थिक अभियानमा नगरकोटमा लक्जरी रिसोर्ट सञ्चालनको तयारी, ४५ अर्ब ७८ करोड राजश्व छुट, वीरगञ्जमा पतञ्जलीको फ्रेञ्चाइजी उद्योग, मोदीखोलामा ३० अर्ब लगानी, ३ अर्बको ब्यापार गर्दै सकियो घरजग्गा मेला, पोखराबाट चल्ने लामो दूरीको सवै बस डिलक्स लगायतका खबर छन् ।

अन्नपूर्ण पोष्टमा नेपाल लगानीका लागि आकर्षक गन्तब्य, जनतालाई दिन पैसा छैन सरकारलाई फालाफाल, राष्ट्र बैंकले तीन अर्ब रुपैया आउटराइट सेल गर्ने, सीटीसी मोबाइल एक्स्पो १२ करोडको कारोबार लगायतका खबर छन् ।

नागरिक दैनिकमा खराब कम्पनी धमाधम कालोसूचीमा, राजमार्गमा नियम विपरित कर, नेपाल-बंगलादेश ब्यापार वार्तामा पुरानै एजेण्डामा छलफल हुने, सौराहा-पटिहानी पदमार्ग सुरु, १० करोडको प्रांगारिक मल उद्योग, सिटिजन्स बैंक नौ वर्षमा, खिम्ती-ढल्केबरको विवाद मिलाउन कार्यदल, रोजगार ब्ययवसायी बाटाजुको निधन लगायतका खबर छन् ।

eco1

eco2

eco3

eco4

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment